बेनी नगरपालिकाद्धारा अनुदानका लागि ६२ पशुपंक्षी फार्म छनौट

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ६२ वटा पशुपंक्षी फार्मलाई चालु आर्थिक बर्षमा अनुदान उपलब्ध गराउने भएको छ । बिभिन्न पाँच वटा शिर्षकका कार्यक्रमबाट अनुदानका लागि छनौट भएका पशुपंक्षी फार्मका सञ्चालकहरुसँग सम्झौता शुरु भएको छ ।

बेनी नगरपालिकाको पशु सेवा शाखाका प्राबिधिक प्रदिप गौतमले सार्वजनिक सूचना मार्फत संकलित आवेदकका फार्महरुको स्थलगत अध्ययन गरी कार्यबिधी अनुसार मुल्याङ्कन गरि अनुदानका लागि छनौट गरिएको बताउनुभयो ।

“प्रदेश र संघीय सरकारबाट अनुदान नपाएका साना ब्यवसायिक कृषकहरुलाई नगरपालिकाले समेटेको छ,” उहाँले भन्नुभयो “छनौट भएका फार्मका सञ्चालकहरुसँग अनुदान सम्झौता भैरहेको छ ।”

Shreekrishna hardwear in news

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक डाक्टर जनाश्रीत श्रेष्ठले पचास देखि ७० प्रतिशत सम्म अनुदान उपलब्ध गराइने बताउनुभयो । दूध, मासु र अण्डाको उत्पादन बृद्धी, गुणस्तर सुधार गरि आत्मनिर्भर बनाउन बाख्रा, कुखुरा, गाईभैसी र बंगुर फार्महरुलाई अनुदान उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

साझेदारीमा गाई, भैसी तथा बाख्राको गोठ, खोर मर्मत सुधार निर्माण अनुदान कार्यक्रमका लागि २० वटा फार्म छनौट भएका छन् । यो कार्यक्रमबाट कुल लागतको पचास प्रतिशत अथवा अधिकतम रु. २५ हजार सम्म अनुदान पाउनेछन् । मागमा आधारित मेसिनरी औजार उपकरणका लागि बढीमा ५० देखि ७० प्रतिशत नगद रु. २५ हजार सम्म अनुदान पाउन ८ वटा फार्म छनौट भएका छन् ।

१० वटा फार्मले पराल साइलेज तथा सुख्खा घाँस खरिद गरेर ल्याउनका लागि रु. दुई लाख अनुदान पाउने भएका छन् । रु. चार लाख बजेट बिनियोजन भएको भैसी बिकासका लागि प्याकेज कार्यक्रममा २१ जना कृषक आवद्ध आधुनिक कृषि तथा पशुपन्छी स्रोत केन्द्र बेनपा ६ छानिएको छ ।

रु. दश लाख बजेट बिनियोजन भएको बंगुरको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रममा अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूह, पुर्जा पशुपन्छी तथा कृषि फार्म र पौरखी कृषि उद्यम केन्द्र छनौट भएका छन् ।

रु. सात लाख बजेट भएको बाख्रा पकेटको फलोअप कार्यक्रम भकिम्ली ग्रामिण कृषि सहकारी र डडुवाको हराभरा कृषक समूहले पाएका छन् । १५६ जनालाई जै र भेज प्रजातिको घाँसको बिउ बितरण गरिसकेको नगरपालिकाले टियो सेन्ट्रि र सुडान जातको घाँसको बिउ बितरणको तयारी गरेको छ ।
९० जना बिपन्नलाई १० वटाका दरले स्थानीय जातको कुखुराका ४० दिने चल्ला बितरण गर्ने र पशु स्वास्थ्य शिबिर सञ्चालन गरेर गाउँमै उपचार सेवा दिने योजना बनाएको छ । सशर्त अनुदान शिर्षकमा रु. २१ लाख बजेट आएको पशु सेवा र कार्यक्रमका लागि बेनी नगरपालिकाले थप रु. ३० लाख बिनियोजन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...