वन उपभोक्तालाई उद्यमशिलता तालिम

Gandaki Pardesh notice

बेनी । म्याग्दीका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधीहरुलाई उद्यमशिलता अभिबृद्धी तालिम दिइएको छ ।

डिभिजन बन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको थियो । सहभागीहरुलाई एक दिन पर्वत र एक दिन अदिभाराको मालिका कागज उद्योगको स्थलगत अवलोकन गराइएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

म्याग्दीका छ वटै स्थानीय तहका २४ जनाको सहभागिता थियो । डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाट र सहायक बन अधिकृत चन्द्रमणी सापकोटाले तालिमको सहजिकरण गर्नुभएको थियो । वनमा आधारीत उद्यमको सम्भावना पहिचान र परिचालन मार्फत उपभोक्तालाई उद्यमशिलतातर्फ आकर्षित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...