सुरक्षा निकायको असहमतिका बाबजुद बेनीमा एकतर्फी यातायात हटाउने निर्णय

बेनी । दुर्घटना न्युनीकरण, यातायात ब्यवस्थापन र आवत जावतलाई सहज बनाउन म्याग्दीको सदरमुकाम बेनी बजारमा लागू गरिएको एकतर्फी यातायात हट्ने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ र टोल सुधार समितिको दबावमा सोमबार बेनी नगरपालिकामा बसेको बैठकले

राहुघाटमा तुदी पावरका दुई आयोजना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत

उज्यालो बैकल्पिक बिद्यालयलाई जेसिजको सहयोग

बेनी । पौद्धलाई माध्यमिक तहको शिक्षा हाँसिल गर्ने अवसर प्रदान गरेको बेनीको उज्यालो बैकल्पिक बिद्यालयलाई मंगलबार म्याग्दी जेसिजले आर्थिक सहयोग गरेको छ । म्याग्दी जेसीजका पदाधीकारी र दाताहरुले चन्दा संकलन गरेर आर्थिक संकटका कारण समस्यामा

लायन्स क्लबद्धारा जिन्सी र नगद सहयोग

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजले मंगला गाउँपालिका–१ पुर्णगाउँका अतिबिपन्न बलबहादुर बिकका परिवारलाई जिन्सी र नगद सहयोग गरेका छन् । रु.४० हजार मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा र रु. सात हजार पाँच सय नगद सहयोग गरिएको क्लबले जनाएको छ ।

लामेलाका कृषकलाई बगैचा ब्यवस्थापन सम्बन्धी स्थलगत तालिम

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको लामेलामा सोमबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

मुटुरोगबाट थलिएका दलित अगुवा किसानको उपचारमा आर्थिक अभाव

बेनी । मुटुरोगबाट थलिएका म्याग्दीका दलित अगुवा याम किसानको उपचारमा आर्थिक अभाव भएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएपछि बिरामी परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आएका किसानको उपचारमा समस्या भएको हो । बि.स. २०७५

बेनी नगरपालिकाद्धारा अनुदानका लागि ६२ पशुपंक्षी फार्म छनौट

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ६२ वटा पशुपंक्षी फार्मलाई चालु आर्थिक बर्षमा अनुदान उपलब्ध गराउने भएको छ । बिभिन्न पाँच वटा शिर्षकका कार्यक्रमबाट अनुदानका लागि छनौट भएका पशुपंक्षी फार्मका सञ्चालकहरुसँग सम्झौता शुरु भएको छ । बेनी

दलित मुक्ति मोर्चा म्याग्दीको बैठक

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो पुर्ण बैठक सोमबार बेनीमा सम्पन्न भएको छ । मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज टेकबहादुर बिकको प्रमुख आतिथ्यता र जिल्ला संयोजक पथिलाल

श्रीमानको जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

बेनी । बेनी नगरपालिका–८ अस्पतालचोककी भावना पौडेल सुबेदीले श्रीमान चन्द्रप्रसादको जन्मदिनको अवसर पारेर सोमबार म्याग्दी बालगृहका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । धवलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनीमा बस्दै आउनुभएका

खानीगाउँमा सुन्तला खेती सम्बन्धी स्थलगत तालिम

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा आइतबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मंगला गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । सुन्तलाको