श्रीमानको जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

Add Samajik bikash office

बेनी । बेनी नगरपालिका–८ अस्पतालचोककी भावना पौडेल सुबेदीले श्रीमान चन्द्रप्रसादको जन्मदिनको अवसर पारेर सोमबार म्याग्दी बालगृहका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।

धवलागिरी गाउँपालिका–६ मराङ घर भई हाल बेनीमा बस्दै आउनुभएका सुबेदीले बालगृह सञ्चालन गरेको नेपाल बाल संगठनका सचिब सन्दिप खत्रीलाई दाल, चामल, तेल लगायत खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

तीन बोरा चामल, एक बोरा मस्यौरा, ३ क्रेट अण्डा, एक प्याकेट बिस्कुट, एक कार्टुन खानेतेल, ३ पाथी भुजा, २ बोरा आटा, ६ पोका नुन, ५ किलोग्राम दाल र एक कार्टुन कपडा धुने साबुन सहयोग गर्नुभएको बालगृहले जनाएको छ ।

जन्मदिन मनाउन हुने फजुल खर्च बचाएर बालगृहलाई सहयोग गरेको सुबेदीले बताउनुभयो । बालगृहमा ११ जना बालबालिका आश्रित छन् । दाताको सहयोग जुटाएर बालगृह सञ्चालन गरिएको छ । सहयोगदातालाई सचिब सुबेदीले धन्यवाद दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...