राहुघाटमा तुदी पावरका दुई आयोजना

Gandaki Kotihome

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण शुरु भएको छ ।

तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सीनाले दुई वटै आयोजनाको पहुँचमार्ग सकेर सुरुङ खन्ने काम थालिएको बताउनुभयो ।

“मौवाफाँटदेखि बन्दिघाटसम्म सडक र दुई वटा बेलिब्रिज बनाएर आयोजना निर्माण स्थललाई पहुँचमार्गसँग जोडेका छौ,” उहाँले भन्नुभयो “सुरुङ निर्माण थालिसकेको दुई वटै आयोजनाको बिद्युतगृह र बाँधको काम शुरु गर्ने तयारीमा छौ ।”

Upper Myagdi transmition line notice

पाँच हजार पाँच सय मिटर मध्य दुईवटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको राहुघाट मंगलेको थप तीन वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ । अपर राहुघाटको पाँच किलोमिटर मध्य दुई वटा अडितबाट २३१ मिटर सुरुङ निर्माण सकिएको छ ।

बन्दीमा बाँध निर्माणाधिन रहेको राहुघाट मंगले जलबिद्युत आयोजनाको चिमखोलाको मलाङमा बिद्युतगृह बनाउन जग्गा ब्यवस्थापनको काम भैरहेको छ । दग्नामको अजिंगर भिरदेखि बन्दीसम्म ७ किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले चिमखोला स्थित बगरखोला माथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवत–जावत सहज भएको छ ।

Annapurna aarohan ko notice

घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी गरेको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताउनुभयो । कुल लागत रु. पाँच अरब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेट देखि ३५० मिटर तल पानी बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिनेछ् ।

राहुघाट मंगलेकोको बिद्युतगृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलबिद्युत आयोजनाको बाँध देखि ५०० मिटर माथि बिद्युतगृह बनाउने गरि अर्को माथिल्लो राहुघाट जलबिद्युत आयोजनाको पनि निर्माण शुरु भएको हो ।

बिद्युतगृह र अडिट निर्माण स्थल पुग्ने पहुँचमार्ग निर्माण भएको छ । बिद्युतगृह निर्माण स्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण भएको छ । आयोजना निर्माणमा आवश्यक बिस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना भएको छ ।

उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशन देखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दुरीको प्रशारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ ।

राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रा.लीले २१.३ मेगावाट क्षमताको ठुलोखोला जलबिद्युत आयोजना निर्माण थालेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो । राहुघाट नदीमै नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पुर्बाधार निर्माण सकिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...