लायन्स क्लबद्धारा जिन्सी र नगद सहयोग

Add Samajik bikash office

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजले मंगला गाउँपालिका–१ पुर्णगाउँका अतिबिपन्न बलबहादुर बिकका परिवारलाई जिन्सी र नगद सहयोग गरेका छन् ।

रु.४० हजार मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा र रु. सात हजार पाँच सय नगद सहयोग गरिएको क्लबले जनाएको छ । वडा सदस्य जगजित गौचनको अध्यक्षता, लायन्स क्लब ३२५ बिवानका भ्वाइस डिस्ट्रक्ट गर्भनर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष बिक्रम सुबेदी, पदाधीकारी र सदस्यहरुले बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

हाल दुई जना सदस्य रहेको बिकको परिवारका तीन जना सदस्यले दुई बर्षको अन्तरालमा आत्महत्या गरेका थिए । सोही अवसरमा तीन जना बिद्यार्थीलाई शिक्षक सुनबहादुर बिकको रोहबरमा रु. सात हजार सहयोग गरिएको थियो ।

यसैगरी लायन्स क्लब ३२५ बिवानका भ्वाइस गर्भनरमा निर्बाचित चन्द्रकुमार केसी र नेपाल राष्ट्रिय उद्योग ब्यापार महासंघ जलजलाको अध्यक्षमा चयन हुनुभएका श्रीलाल चापागाईलाई सम्मान गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...