सुरक्षा निकायको असहमतिका बाबजुद बेनीमा एकतर्फी यातायात हटाउने निर्णय

Add Samajik bikash office

बेनी । दुर्घटना न्युनीकरण, यातायात ब्यवस्थापन र आवत जावतलाई सहज बनाउन म्याग्दीको सदरमुकाम बेनी बजारमा लागू गरिएको एकतर्फी यातायात हट्ने भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघ र टोल सुधार समितिको दबावमा सोमबार बेनी नगरपालिकामा बसेको बैठकले सुरक्षा अधिकारीहरुको असहमतिलाई बेवास्ता गर्दै एकतर्फी यातायात हटाउने निर्णय गरेको हो ।

गत मंसिर १४ गते नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले सवारी साधनको बढदो चाप संगै बेनी बजार भित्र हुने जाम हटाउने र सवारी आवतजावतलाई व्यवस्थित बनाई दुर्घटना न्युनीकरणका लागि एकतर्फि यातायात सञ्चालन गर्ने निर्णय गरेका थिए ।

Shreekrishna hardwear in news

पुष १ गतेदेखि लागू भएको बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी बजारको एकतर्फी यातायात फागुन ८ गतेदेखि हट्ने भएको हो । व्यवसायमा गम्भीर असर पारेको र थप असुविधा सिर्जना भएको भन्ने व्यवसायी र टोल सुधार समितिको माग अनुसार दुईतर्फी यातायात खुलाउने निर्णय भएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो ।

Bhautik ministry notice about road

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघ र बेनी बजार स्थित टोल सुधार समितिका पदाधिकारी बिच छलफल गरिएको थियो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सुरक्षा निकाय र प्रशासनको असहमति हुदाँ हुदै सिमित ब्यक्तिहरुको स्वार्थ र दवावमा एकतर्फि यातायात हटाइएकोमा असन्तुष्टि जनाउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीले पनि एकतर्फी यातायात हटाउने बिषयमा असहमति जनाउँदै बैठकबाट बाहिरीनुभएको थियो । एकतर्फी यातायात संचालनमा आएपछि सवारी साधनको बढ्दो चापसँगै साँघुरो सडकका कारण बजारभित्र हुने जाम हटेको, यातायात आवतजावतमा सहज,सुरक्षित र दुर्घटना न्यूनीकरण भएकोले यथावत राख्नुपर्ने प्रनाउ राई र ट्राफिक प्रहरी प्रमुख नेपालीको अडान थियो ।

बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुनः क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नेगरी एकतर्फी यातायात सञ्चालन गरिएको थियो । साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो ।

एकतर्फी यातायात सञ्चालनमा आएपछि दुर्घटना न्युनिकरण कम हुनुका साथै सवारी आवतजावत र पैदलयात्रुलाई सहज भएको सर्बसाधारण र यातायात ब्यवसायीले बताएका छन् । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, दितीय उपाध्यक्ष लीलाराम गौतम लगायतले न्युरोडको ब्यवसायी मर्कामा परेका भन्दै एकतर्फि हटाउन माग गर्दै दबाव दिदै आउनुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...