समाचारको विधा

स्थानीय

बेनी समाज काठमाडौको अध्यक्षमा प्रदिप श्रेष्ठ

बेनी, । बेनी समाज काठमाडौको पाँचौ अधिवेशनबाट प्रदिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौमा वैशाख ६ गते भएको बेनीबाट ब्यापार, ब्यवसाय, पेशा र रोजगारको शिलशिलामा राजधानीमा रहेकाहरुको भेलाले समाजको कार्यसमिति चयन…

आयोजकको पोल्टामा दोस्रो ‘जेपिसी’ कप

दरवाङ, रु. एक लाख ५० हजार पुरस्कार राशीको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनलमा दुखुबेशीको टिमलाई शून्यका…

पर्यटकको पर्खाइमा बयली

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुन्द्रि सतहदेखि तीन हजार चार सय ५० मिटर उचाईमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयली स्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाईजाले हिमशृङखला,…

अनेमसंघ क्रान्तिकारीको बेनी नगर अध्यक्षमा सोनिया

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारी बेनी नगर कमिटिको अध्यक्षमा मैनादेवी राई (सोनिया) चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा…

बूढापाकाले धानेका घुम्ती गोठ

कमल खत्री मुना, । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत…

धवलागिरीको स्वागत गित सार्वजनिक

काठमाडौ, ६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गित सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौले तयार पारेको गितको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले शनिबार सार्वजनिक…

धवलागिरिका गौरवका आयोजना

म्याग्दी। धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने रु तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना…

मालिकामा विपन्नको निशूल्क स्वास्थ्य बिमा

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य…

एक वर्षमा ३२ हजार पर्यटकले घोडेपानी घुमे

घोडेपानी, ः वि.स. २०८१ मा ३२ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । वि.स. २०८१ को वैशाख देखि चैत महिनासम्म ३२ हजार तीन सय ५० जना पर्यटकले घोडेपानी पुनहिल…

पचास हजारको बक्तृत्वकलामा किसानी चन्द्रकुन्ताकी उर्मिला विजयी

बेनी, । रु. ५० हजार राशीको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७, धारापानीको किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी बिजयी हुनुभएको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा…