शसस्त्रको गोताखोर टोलीले घुमाउनेतालमा वेपत्ता किशोरको शव भेटायो

Gandaki Ghumau

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने ताल स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जना किशोरको शव शसस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि सोमबार फेला पारेको छ ।

घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर वेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराईबाट मल्लको शव निकालेको शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायव उपरीक्षक नवराज नेपालले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

वेपत्ता बालक खोज्नका लागि शसस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित १९ जनाको टोली परिचालन भएका थिए ।

Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...