समाचारको विधा

मालिका गा.पा.

मालिकाको भिरखर्क सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु, एक घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा डढेलो निभाउने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ । भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मालिका गाउँपालिका–५ गरजराका २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी

अन्नपूर्ण र मालिकाको शिक्षक संघमा नयाँ नेतृत्व

बेनी । नेपाल शिक्षक संघको अन्नपूर्ण र मालिका गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । पोखरेबगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिबेशनबाट शिख माविका प्रअ केदार कार्कीको अध्यक्षतामा अन्नपूर्ण र दरबाङमा भएको अधिबेशनबाट जनप्रिय माबिका प्रअ

दरबाङमा बजार अनुगमन

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारका पसलहरुको आइतबार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका

सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माबिलाई चार जना जेष्ठ नागरिकहरुले शनिबार रु. तीन लाख ७० हजार सहयोग गर्नुभएको छ । च्युरीबोटमा जन्मिएर हाल बेलायतमा बस्दै आउनुभएका नरबहादुर, उहाँकी श्रीमति धनमाया,

तपोभूमि बिम

नबिन जुग्जालीम्याग्दी, म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवम् ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा सहयोग

रुम । रक्तक्यान्सरबाट थलिएका मालिका गाउँपालिका–२ रुमका १० बर्षीय निश्चल विश्वकर्माको उपचारका लागि रु. ५४ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारका लागि

रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा

लामेलाका कृषकलाई बगैचा ब्यवस्थापन सम्बन्धी स्थलगत तालिम

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको लामेलामा सोमबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

दरबाङमा नदी नियन्त्रण योजना शुरु

दरबाङ, । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना शुरु भएको छ । मालिका गाउपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण शुरु भएको हो ।

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा समस्या

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रक्तक्यान्सरबाट थलिएका १० बर्षीय बालकको उपचारमा आर्थिक अभावका कारण समस्या भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारमा आर्थिक अभाव भएको हो । पुष