निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा

Gandaki Pardesh notice

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य भएको बताउनुभयो ।

आफ्नै बहुमत रहेको संसद दुई पटकसम्म विघटन गरेर जनमतको अपमान गर्ने, ओम्नी, ७० करोड जस्ता भ्रष्ट्राचारको काण्डमा मुछिएकालाई संरक्षण गर्ने, राष्ट्रिय मुद्दाहरुमा दोहोरो भूमिका खेल्ने ओलीबाट संविधान, देश र राष्ट्रियताको खतरा रहेकाले यसपालीको चुनावमा गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गरेका थिए ।

Shreekrishna hardwear in news

उनिहरुले निस्कोट, रुम र डाडागाउँ जोड्ने सडकलाई स्तरोन्नति गर्ने, अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने, ढुङ्गाखानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नीति बनाउने, शिक्षा, स्वास्थ्यमा सुधार, कृषि, पर्यटन र जडिवुटीको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधि सभा सदस्यका उमेद्वार तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बेलायतको सेवा र सुविधा छाडेर दुई पटक चुनाव हार्दा पनि म्याग्देलीको हक हित र विकासका लागि राजनीतिमा निरन्तर समर्पित भएको बताउनुभयो ।

Bhautik ministry notice about road

“यहाँको समग्र विकासलाई तिब्रताका साथ अघि बढाउन पुलको काम गर्छु,” उहाँले भन्नुभयो “नीति निर्माण तहमा म्याग्देली जनताको आवाज र भावनाको प्रतिनिधित्व गराउछु ।” नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार रेशम जुग्जाली (सुविन)ले चुनावका लागि मात्र गाउँमा आएकाबाट विकास र जनताको समस्या समाधान नहुने भएकाले पाँच वर्ष खेर जान नदिनका लागि अपिल गर्नुभयो ।

“म २० वर्षदेखि यही भूगोलमा दुखको सेवक र सुखको साथी बनेर राजनीति गर्दै आएको छु । अझै बिसौ वर्ष मैले यही केही गर्नुछ । जनाएको प्रतिवद्धता पुरा गरेरै छाड्छु,” उहाँले भन्नुभयो “बर्षौ काठमाडौमा बसेर चुनावमा भोट माग्नका लागि मात्र आएकाले तपाईहरुको समस्या र आवश्यकता बुझेर काम गर्छन भन्ने के ग्यारेन्टी छ ?”

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनप्रति जनलहर छाएकाले अब संघ र प्रदेशको सरकार पनि गठबन्धनकै बन्ने र जिल्लाका प्रतिनिधिहरु पनि गठबन्धन दलकै हुँदा विकासका योजना भित्र्याउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोकाले गठबन्धन कसिलो बनेकाले जित सुनिश्चित भएको बताउदै विपक्षीले फैलाएको भ्रममा नपर्न आग्रह गर्नुभयो ।

एमालेबाट म्याग्दीमा जितेका नेताहरु मन्त्री हुँदा समेत आफ्नो जिल्लाको लागि अपेक्षाकृत काम नगर्न नसकेको आरोप लगाउदै अब उनिहरुबाट म्याग्देलीले अपेक्षा गर्ने ठाउँ नरेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता पिपला बुढाथोकी, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्कीले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...