दरवाङमा निशूल्क आँखा शिविर सम्पन्न

Gandaki Ghumau

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् ।

रोटरी क्लव अफ फिस्टेल पोखराको आयोजना, मालिका गाउँपालिकाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको सहकार्यमा तीन दिनसम्म शिविर सञ्चालन भएको थियो ।

मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले शिविरबाट ६८६ जनाले सेवा लिएका जानकारी दिनुभयो । ७६ जनाको मोतियाबिन्दुको शल्यक्रिया र २०० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ । ३ जनाको दुई वटै आँखाको शल्यक्रिया गरिएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

हिमालय आँखा अस्पताल पोखराका नेत्रचिकित्सक डा. हरिबिक्रम अधिकारी, नेत्र सहायक कृतिका गुरुङ, धर्मेन्द्र घोरासैनी, टेकमाया गुरुङ, मनिका सुवेदी, कविता लामिछाने, दरवाङ आँखा उपचार केन्द्रका नेत्र सहायक राधिका पौडेल लगायत स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

आँखा परिक्षण, परामर्श, औषधी, चश्मा र शल्यक्रिया सम्बन्धी सेवा निशूल्क प्रदान गरिएको थियो । मालिका, मंगला र धवलागिरी गाउँपालिकाका बासिन्दाले सेवा लिएका छन् । गाउँमै आँखा उपचार सम्बन्धी सेवा पाउँदा गरिव, विपन्न र अशाहयहरुलाई राहत मिलेको छ । पोखरा जाँदा हुने खर्च र समयको बचत भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...