फुलबारीमा मिलन लामा र प्रिति आलेको प्रस्तुति हुने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा आगामी हप्ता लोक गायक मिलन लामा र प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ ।

Bhautik ministry notice about road

छहारी युवा क्लवको ३६ औ वार्षिकोत्सवको अवसरमा पुष ८ गते लामा र आलेको प्रस्तुति आयोजना गरिएको हो । वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

सो अवसरमा भलिबल लगायत खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय युवा राज बुढाले ग्रामिण क्षेत्रका बासिन्दाहरुको मनोरञ्जनका लागि राष्ट्रिय कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताउनुभयो । आन्तरिक पर्यटन प्रर्वद्धनका साथै फुलबारी गाउँलाई चिनाउन सहयोग पुग्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...