राम्चेमा पहिरोले दुई घर भत्किए, १४ परिवार बिस्थापित

बेनी, केही दिनदेखिको निरन्तरको बर्षातका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ राम्चेमा दुई घर भत्किएका र १४ घर परिवार बिस्थापित भएका छन् । वडा अध्यक्ष खमबहादुर गर्बुजाले थावनका गणेश पुन र राम्चेका टेकबहादुर गर्बुजाको घर पहिरोले भत्किएको…

बाढीले तटबन्ध बगाएपछि भुरुङ्ग तातोपानीमा सडक कटान, पोखरेबगरको बेलिब्रिज जोखिममा

बेनी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक र तटबन्ध बगाएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गामा सडक र बस्ती संरक्षणका लागि निर्माणाधिन पक्कि पर्खाल सहितको तटबन्ध बिहिबार रातीको बाढीले…

तटबन्ध बगाएपछि बगरफाँट नदी कटानको उच्च जोखिममा (भिडियो सहित)

बगरफाँट । म्याग्दी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट कटानको उच्च जोखिममा परेको छ । यसै हप्ताको झरीपछि म्याग्दी नदीको बाढीले तटबन्ध बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बगरफाँट जोखिममा परेको हो । बाढीले नदी किनारमा…

राहत लिएर पिडितको घरदैलोमा बेनीका जनप्रतिनिधी

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले पहिरो, कटान र बाढीबाट पिडित भएकाहरुलाई घरदैलोमै पुगेर राहत उपलब्ध गराएका छन् । घरबास गुमाएर समस्यामा परेका प्रकोप प्रभावितहरुको अस्थाई बसोबास ब्यवस्थापनमा सघाउन बिस्थापितलाई…

धाइरिङ्गको किराखोरमा पहिरोबाट ३१ घर बिस्थापित

साजन परियारधाइरिङ्ग । केही दिनदेखिको निरन्तरको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरीङ्गको किराखोरका ३१ घर बिस्थापित भएका छन् । उनिहरुलाई अम्मर आधारभूत बिद्यालयको भवन र आफन्तकोमा सारिएको छ । बस्तीको दायाँ र बायाँतर्फको खोल्सामा…

पहिरो पिडितलाई बेनी नगरले १५ हजार दिने

बेनी । म्याग्दीको बेनी नगरपालिकाले केही दिनयताको बर्षाका कारण घरबास गुमाएका र जोखिम भएर बिस्थापित भएकालाई १५ हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नगरपालिका स्तरीय…

कटानले सिंगा तातोपानीका १८ घर बिस्थापित

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसार र पुलको मुखका १८ घरपरिवार बिस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको बर्षापछि बुधबार म्याग्दी नदीमा आएको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि ८९ घरधुरीको बसोबास रहेको उपल्लो…

रुममा बिद्यृतगृह बाढीले बगायो, पहिरोले नौ घर पुरिए

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार बाढी पहिरोले लघुजलबिद्युत परियोजनाको बिद्युतगृह सहित नौ वटा घर बगाएको छ । रुमका विभिन्न ठाउँमा करिब २० घर परिवार पहिरोका कारण बिस्थापित भएका छन् । खहरेखोलामा रहेको २२ किलोेवाट क्षमताको…

बेनी बजार संरक्षण योजनाको डिजाइन फेरेर कम्पोजिट पर्खाल बनाइने

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रबिधी प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत बिकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट…

पहिरोले कोशेपानीमा दुई घर बिस्थापित

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ कोशेपानीमा पहिरोका कारण दुई घरपरिवार बिस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको बर्षातका कारण घरवरपरको जमिन लच्किएको र पर्खाल चर्किएकाले जोखिम बढेपछि उनिहरुलाई सुरक्षित ठाउँमा सारिएको स्थानीय केशव…