बेनी बजार संरक्षण योजनाको डिजाइन फेरेर कम्पोजिट पर्खाल बनाइने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रबिधी प्रभावकारी बनेको छ ।

बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत बिकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट पर्खालको प्रबिधी अपनाएको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो ।

परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावीयन पर्खाल लगाउने कम्पोजिट वालको प्रबिधी सफल भएको बताउनुभयो । “कम्पोजिट प्रबिधीको वाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन,” उहाँले भन्नुभयो “आगामी बर्षको योजनामा पनि कम्पोजिट वाल बनाउने डिजाइनका लागि प्रस्ताब गरेका छौ ।”

Shreekrishna hardwear in news

यस वर्ष मंगलाघाट र कालीपुल क्षेत्रमा एक सय मिटर भन्दा बढी कम्पोजिट प्रबिधीको पर्खाल निर्माण भएको थियो । डिपिआरमा आरसिसी, मेसिनरी र ग्यावीयन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको थियो ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको छ । मंगलाघाटतर्फ आरसीसी पर्खाल माथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावीयन पर्खाल लगाइएको छ ।

Bhautik ministry notice about road

कालीगण्डकीमा मंगलबार राती आएको बाढीले बेनीको संगमचोक पछाडी र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब ३० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गर्न थालेको छ । बि.स. २०७५ भदौमा कालीगण्डकीमा आएको बाढीले मंगलबार भत्किएको भन्दा माथि निर्माण भएको पक्कि पर्खाल पल्टाएको थियो ।

कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन् । अस्थाई प्रकृतिको ग्यावीयन र पक्कि आरसीसी पर्खाल दुवैले बाढी थेग्न नसकेपछि बिकल्पमा कम्पोजिट पर्खाललाई प्राथमिकता दिएको परियोजनाले जनाएको छ ।

यसअघि निर्माण भएको पक्कि आरसीसी पर्खाल बाढीले लडाएपछि त्यसको बिकल्प खोजीएको थियो । परियोजनाले यस वर्ष म्याग्दी बेनी तर्फ रु. तीन करोड र पर्वत बेनीतर्फ रु. दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको छ ।

जलजला गाउँपालिका ३ मा पर्ने गुफाटोल क्षेत्रमा ४५ मिटर लामो र ६ मिटर अग्लो पक्कि पर्खाल निर्माण भएको छ । वारीबेनी र बगरफाँट स्थित कालीगण्डकी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ ।

म्याग्दी बेनी तर्फ पनि यसअघि निर्माण भएको पर्खाल संरक्षणका लागि थप पर्खाल लगाइएको छ । उर्जा, सिचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तरगत परियोजनाले बेनीमा तीन वर्षयता नदी नियन्त्रण आयोजना सञ्चालन गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...