धाइरिङ्गको किराखोरमा पहिरोबाट ३१ घर बिस्थापित

Sinchai Khanipani notice

साजन परियार
धाइरिङ्ग । केही दिनदेखिको निरन्तरको पहिरोका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरीङ्गको किराखोरका ३१ घर बिस्थापित भएका छन् ।

उनिहरुलाई अम्मर आधारभूत बिद्यालयको भवन र आफन्तकोमा सारिएको छ । बस्तीको दायाँ र बायाँतर्फको खोल्सामा भलबाढी आएपछि जोखिम बनाएको हो ।

यसैगरी धाइरीङ्गको तल्लो खण्डमा दुई, नेवारेमा दुई घर बिस्थापित भएका र लालुङमा एक वटा घर भत्किएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । धारापानी सहित वडाका विभिन्न ठाउँमा ४० घरपरिवार पहिरोबाट प्रभावित भएका उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बुढीकुलो र सडकबाट आउने बाढीले गुन्द्रेखेतको बस्ति जोखिममा परेको छ । सल्यान गोगनपानीमा करिब ५ रोेपनी खेत पुरिएको छ । पोल ढलाएपछि किराखोर क्षेत्रमा बिद्युत अवरुद्ध भएको छ ।

लुङ्दीखोलाको बाढीले मिलनचोक र लस्तिखोलाको बाढीले लस्ति बजार कटानको जोखिममा परेको छ । जोखिममा परेका घरका मानिस र सामान जनप्रतिनिधी, युवा, अगुवा र स्थानीयबासीले सारेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...