रुममा बिद्यृतगृह बाढीले बगायो, पहिरोले नौ घर पुरिए

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार बाढी पहिरोले लघुजलबिद्युत परियोजनाको बिद्युतगृह सहित नौ वटा घर बगाएको छ ।

रुमका विभिन्न ठाउँमा करिब २० घर परिवार पहिरोका कारण बिस्थापित भएका छन् । खहरेखोलामा रहेको २२ किलोेवाट क्षमताको पात्लेखहरेखोला लघुजलबिद्युत परियोजनाको बिद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडा सदस्य समबहादुर बिकले जानकारी दिनुभयो ।

बिद्युतगृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पु¥याएको छ । परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी बिद्युत सुबिधाबाट बञ्चित भएका छन् । बि.स. २०६९ मा परियोजना निर्माण भएको थियो । गाउँपालिकाको केन्द्र दरबाङ र अन्य बस्ती जोड्ने सडक अवरुद्ध भएको छ । बिद्युत अभावमा सञ्चार सुबिधा पनि प्रभावित भएको छ ।

Shreekrishna hardwear in news

रुममा केन्द्रिय प्रशारण लाइनको बिद्युत बिस्तारका लागि दुई वर्षअघिनै धुमिलखोलासम्म १०० केभीको ट्रान्सफर्मर जडान, पोल गाड्ने र तार तानिएपनि स्थानीयबासी उज्यालोका लागि लघुजलबिद्युत परियोजनामै निर्भर थिए । बिलबाङ, धुलबाङ र खवाङमा पहिरोले पोल ढलाएपछि केन्द्रिय लाइनको बिद्युत अवरुद्ध भएको छ ।

Bhautik ministry notice about road

पहिरोपछि आएको बाढीले पात्लेखहरे लघुजलबिद्युत परियोजनाका प्राबिधिक बस्ने टेकबहादुर बिकको दुई तले घर बगाएको छ । बेलीमा छेमबहादुर बिकको दुई तले घर र एक वटा गोरु सहित गोठ बगाएको छ । रनबहादुर दर्जीको घर पहिरोले पुरिएको छ ।

सोही वडाको खवाङमा मुक्ति बुढाथोकी, लक्ष्मी बुढाथोकी, रिमानसिंह पुन, हुत्नेपाखामा भुमीलाल बिकको घर पहिरोले पुरेको छ । कलातमा रैमति बिकको एक तले घर पुरेको छ । तल्लो खवाङको पाखो भत्किएर बिलबाङमा करिब २० घरलाई जोखिम बनाएको छ ।

बेली र जेमका बासिन्दाले बिजुली बाल्दै आएको ११ किलोवाट क्षमताको छेरवाङखोला लघुजलबिद्युत परियोजनाको बिद्युतगृह पनि उच्च जोखिममा परेको छ । खवाङमा भुपेन्द्र नेपालीले निरन्तरको बर्षा, बाढी र पहिरोले जनजिवन अस्तब्यत भएको बताउनुभयो ।

वडा कार्यालय पछाडीको पहिरोले लुक्सीर, बेली, खवाङ र हुत्नेपाखा लगायतका ठाउँमा करिब २५ घरपरिवार बिस्थापित भएका छन् । उनिहरुलाई सुरक्षित ठाउँमा रहेका आफन्तकोमा आश्रय लिएर बसेका वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...