कटानले सिंगा तातोपानीका १८ घर बिस्थापित

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसार र पुलको मुखका १८ घरपरिवार बिस्थापित भएका छन् ।

केही दिनदेखिको निरन्तरको बर्षापछि बुधबार म्याग्दी नदीमा आएको बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि ८९ घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजार समेत जोखिममा परेको छ । बेनी–दरवाङ सडक भन्दा माथि सक्रीय भएको पहिरोले तातोपानी कुण्ड माथिका १० घरलाई जोखिम बनाएको छ ।

म्याग्दी नदीले कटान गरेर जोखिममा रहेका मसार र पखेर जोड्ने पुलको मुखका १८ घरपरिवारलाई सरस्वती आधारभूत बिद्यालय र बजारमा रहेका सुरिक्षत घरमा सारिएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“पुलको मुख र मसारको तल्लो भागका घरमा गएर बस्नै नमिल्ने भएको छ । रुद्रबहादुर अर्मजाको एक वटा घर भत्किएको छ,” उहाँले भन्नुभयो “तटबन्ध भत्काएर खेत बगाउदै नदीले घरसम्म आइपुगेको छ ।”

म्याग्दी नदी किनारको खेलमैदानतर्फबाट कटान सुरु गरेकाले तटबन्ध नभएको उपल्लो बजार जोखिममा परेको हो । तातोपानी कुण्ड भने सुरक्षित छ । शौचालय र कपडा फेर्ने ठाउँमा क्षति गरेको छ । पहिरोले तातोपानी खण्डमा सडक अवरुद्ध भएको छ । पहिरोले पोल ढलाएका कारण बिद्युत आपुर्ति समेत बन्द भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...