बाढीले तटबन्ध बगाएपछि भुरुङ्ग तातोपानीमा सडक कटान, पोखरेबगरको बेलिब्रिज जोखिममा

Sinchai Khanipani notice

बेनी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक र तटबन्ध बगाएको छ ।

भुरुङ्ग तातोपानीको नागढुङ्गामा सडक र बस्ती संरक्षणका लागि निर्माणाधिन पक्कि पर्खाल सहितको तटबन्ध बिहिबार रातीको बाढीले बगाएको हो । करिब ६० मिटर तटबन्ध बगाएर कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेको छ ।

भुरुङ्ग–तातोपानी प्रहरी चौकीका सुरक्षाकर्मी र स्थानीयबासी राती अन्यत्र गएर बसेको स्थानीय श्याम रानाले बताउनुभयो । “कालीगण्डकीको भंगालो बस्तितर्फ सोझिएपछि राती माथिल्लो बजारमा गएर सुत्यौ,” उहाँले भन्नुभयो “किनारमा बनाएको पक्कि पर्खाल बगाएर कटान गर्न थालेको छ ।”

Shreekrishna hardwear in news

बाढीले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक कटान गरेको छ । सडकको जगनै बगाएकाले पुननिर्माण नहुँदा सम्म यातायात सञ्चालन हुने सम्भावना देखिदैन् । प्रहरी चौकी र २० घरपरिवार बिस्थापित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक र बस्ति संरक्षणका लागि पक्कि पर्खाल निर्माण गरिरहेको थियो ।

Bhautik ministry notice about road

गत वर्ष निर्माण गरेको पर्खाल बाढीले बगाएपछि आयोजनाको ठेकेदार शर्मा–युनाइटेड जेभीले यस वर्ष पुन नयाँ पर्खाल निर्माण गरिरहेको थियो । पर्खाल पुनःनिर्माणमा ढिलाई हुदा क्षति भएको स्थानीयबासीले बताएका छन् ।

बिहीबार राती कालीगण्डकीको सहायक नदी मिस्त्रीखोलामा बाढी आएको थियो । यसैगरी बाढीले कटान गरेपछि बेनी–जोमसोम सडक अन्तरगत पोखरेबगर स्थित कालीगण्डकी नदी माथीको बेलिब्रिज जोखिममा परेको छ ।

बेलिब्रिजको पोखरेबगर तर्फको जिप संरक्षणका लागि बनाएको ग्याबीयन पर्खाल बाढीले बगाएको अन्नपूर्ण गाउँपालिकाका इञ्जिनियर इश्वर भण्डारीले बताउनुभयो । पर्खाल भत्कने अवस्थामा रहेकाले पुलबाट सवारी साधन आवत जावन गर्न जोखिम भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...