तटबन्ध बगाएपछि बगरफाँट नदी कटानको उच्च जोखिममा (भिडियो सहित)

Gandaki Pardesh notice

बगरफाँट । म्याग्दी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट कटानको उच्च जोखिममा परेको छ ।

यसै हप्ताको झरीपछि म्याग्दी नदीको बाढीले तटबन्ध बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बगरफाँट जोखिममा परेको हो । बाढीले नदी किनारमा निर्माण गरिएको १५० थान ग्यावीयन जाली पर्खाल बगाएको बगरफाँट संरक्षण समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

रुपाताल एकिकृत बिकास संरक्षण परियोजनाको सहयोगमा यसै आर्थिक वर्षमा तटबन्ध गरिएको थियो । गत वर्ष गरिएको तटबन्ध पनि बगाएको छ । करिब एक सय मिटर दुरीमा कटान गरेर म्याग्दी नदीको भँगालो बगरफाँटतर्फ सोझिएको छ ।

Shreekrishna hardwear in news

तत्काल संरक्षणको काम नगरे बगरफाँटको बस्ती र खेतीयोग्य जमिन बाढीले कटान गर्ने खतरा रहेको अध्यक्ष कार्कीले बताउनुभयो । बगरफाँट क्षेत्रको रातढुङ्गाबाट पलाँसेसम्मको क्षेत्र नदी कटानको कारण उच्च जोखिममा परेको छ ।

Bhautik ministry notice about road

विसं २०५७ मा नदीमा आएको बाढी र त्यसपछि निरन्तररूपमा नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि केही वर्षअघिदखि नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी हुनसकेको छैन ।

करिब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको छ । नदीले यसअघिनै बगरफाँटको करिब १५० रोपनी क्षेत्रफल जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा छन् ।

बगरफाँटका अगुवा मिनबहादुर कार्कीले जिल्ला सदरमुकाम बेनी बजार बिस्तारको बिकल्प मानिएको बगरफाँटको संरक्षणका लागि बृहत किसिमको आयोजना महत्व दिएर सञ्चालन गर्नुपर्ने बताउनुभयो । तिब्र रुपमा बस्ति बिकास भैरहेको बेनी बजार पछि बजार बिकासका लागि बगरफाँट उपयुक्त भएकाले यसलाई संरक्षण गर्नुपर्ने नेपाली काँग्रेस म्याग्दीका सचिब समेत रहनुभएका कार्कीको भनाई छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...