समाचारको विधा

स्थानीय

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् । रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा…

दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा खरिद गरेर दरवाङ बजारको विभिन्न ठाउँमा जडान गरिएको हो । दरवाङ बजारको मुख्य सात ठाउँमा जडान…

वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीमा बेनी नगरपालिका पहिलो

बेनी। प्राकृतिक स्रोत तथा वित्त आयोगले विहिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्य सम्पादन मूल्याङ्कनमा म्याग्दीमा बेनी नगरपालिका जिल्लामा पहिलो भएको छ ।आयोगले देशभरका सात सय ५३ पालिकाको आर्थिक बर्ष २०८१÷८२ को कार्यसम्पादनलाई…

दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने धौलागिरि कालिकाको लिखित प्रतिवद्धता

धवलागिरीबासीको आन्दोलन फिर्ता, जलविद्युत आयोजना निर्माण सूचारु हुने बेनी ः म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने सहमति कार्यान्वयन गर्न दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको…

मुक्तिमार्ग माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । हिमालयन फ्रेण्ड्स इ.भि. जर्मनी संस्थाको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १२ सम्मका ४५ जना…

भगवतिमा प्रहरी चौकीको भवन बनाउन जग्गा दान

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् । भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी…

बेनीमा बजार अनुगमन, म्याद नाघेका वस्तु जफत

बेनी। बेनीका खाद्यान्न पसलहरुको मंगलबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बिरेन्द्रचोक आसपासका क्षेत्रका १० वटा किराना तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको हो । जिल्ला प्रहरी, एकिकृत सेवा कार्यालय, म्याग्दी उद्योग…

खबराका सुवासलाई आमाको नामबाट नागरिकता प्रदान

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले २७ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो । बुवाको पहिचान…

म्याग्दीको दोवामा दुई वटा दलका उमेद्वारले एउटै मञ्चबाट भोट मागे

सन्तोष गौतमबेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा मंगलबार दुई फरक÷फरक राजनीतिक दलका उमेद्वारहरुले एउटै मञ्चबाट स्थानीयसँग भोट मागेका छन् । नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप)…

बेनी-पाखापानी सडकको घतान खण्डको स्तरोन्नति लक्ष्य अघिनै सम्पन्न

बेनी ः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक…