धवलागिरीकोे माकुसमा व्यवसायिक सतुवाखेती

Gandaki Ghumau

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यवसायिक रुपमा जडिवुटी खेती गरेका छन् ।

परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडिवुटी खेती गरेका हुन् । माकुशका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवा खेती गरेको बताउनुभयो ।

“इलामबाट प्रतिगोटा रु. ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो,” उहाँले भन्नुभयो “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु. १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु. पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको रोकाले बताउनुभयो ।

Shreekrishna

रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पार्नुभएको छ । यसअघि मकै, गहुँ, कोदो, उवा, जौ खेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताउनुभयो ।

Gunasthariya Shiksya

शसस्त्र द्धन्द्धको समयमा पाँच वर्ष तत्कालीन माओवादीको लडाकु बनेका ४५ वर्षीय रोका शान्ति प्रक्रियापछि स्वच्छीक अवकाश रोजेर पुर्नस्थापित भई खेतीकिसानी र पशुपालन गर्दै आउनुभएको थियो । समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाईमा भिरालो पाखामा अवस्थित माकुसको भूगोल र हावापानी अनुकुल तथा उच्च मूल्य पाइने भएकाले सतुवा खेती गरेको रोकाले बताउनुभयो ।

उहाँले सतुवा खेतीको साथै ब्यवसायिक बाख्रापालन पनि गर्नुभएको छ । ५० भन्दा बढी बाख्रा पाल्नुभएको छ । माकुस नजिकैको जंगलमा प्राकृतिक रुपमा पनि सतुवा उत्पादन हुदै आएको थियो । परम्परागत खाद्यबाली खेती गरेर लागत पनि उठाउन नसक्ने अवस्था भएपछि विकल्पमा जडिवुटी खेती गरेको रोकाले भन्नुभयो ।

वैदेशिक रोजगार र परम्परागत खेतिकिसानीको विकल्पमा ब्यवसायिक जडिवुटी खेती गरेका रोकालाई धवलागिरी गाउँपालिकाले सतुवा खेती गरेको बारीमा पर्खाल बनाएर घेराबार गर्न गत वर्ष रु. एक लाख अनुदान सहयोग गरेको वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।

यसैगरी सतुवाको बिरुवा भएको पल्टमा पलास्टिकको टनेल बनाउन सकेमा तापक्रम सन्तुलित बनाउन, हिउँ, असिना र रोगकिराबाट बचाउन सकिने रोकाको अपेक्षा छ । औषधी बनाउन प्रयोग हुने सतुवा पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिषले विष सेवन गरेको बेलामा प्रयोग गर्ने चलन छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...