बेनी नगरपालिकामा योजना कार्यान्वय तिब्र

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ ।

सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिचाई, भवन, खेलकुुद पूर्वाधार निर्माण सम्बन्धी रु. छ करोड २२ लाख बजेट विनियोजन भएका आठ वटा योजना सूचारु र दुई वटा ठेक्का सम्झौताको चरणमा रहेका छन् ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले रु. एक करोड ८० लाख बजेट बिनियोजन भएको बेनी–पुलाचौर–टोड्के सडक योजनाको २० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । यो बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको सबैभन्दा बढी बजेट बिनियोजन भएको आयोजना हो ।

Shreekrishna

‘रिभर एज इन्जिनियरिङ एण्ड बिल्डर्स’ प्रा.लीले रु. एक करोड २१ लाख ५१ हजार दुई सयमा ठेक्का सम्झौता गरेको बेनी–पुलाचौर–टोड्के सडक योजना मार्फत बेनी नगरपालिका–५ पुलाचौर क्षेत्रमा सडक विस्तार, नाली, पर्खाल निर्माण र ढलान गर्ने लक्ष्य रहेको छ ।

यसैगरी रु. एक करोड ६५ लाख बजेट बिनियोजन भएको बेनी–महारानीथान–छाप –डाडाखेत सडक स्तरोन्नति योजनाको ४० प्रतिशत भौतिक प्रगति भएको छ । शंकर निर्माण सेवाले रु. एक करोड १३ लाख दुई हजार चार सय ४५ मा ठेक्का सम्झौता गरेको आयोजना मार्फत बेनपा–६ र ७ मा पर्ने अग्नीखेत क्षेत्रमा सडक स्तरोन्नतिको काम भैरहेको छ ।

रु. ६६ लाख बजेट बिनियोजन भएको र ‘रिभर एज इन्जिनियरिङ एण्ड बिल्डर्स’ प्रा.लीले रु. ४८ लाख ७४ हजार दुई सय ७७ मा ठेक्का सम्झौता गरेको बेनपा–९ को गलेश्वर बजार सौन्दर्यकरण परियोजनाको ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

लिमिसा कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली.ले रु. ४२ लाख ४५ हजार चार सय ५५ मा ठेक्का सम्झौता गरेको बेनपा –८ कालीपुलको कृषि बजार भवन निर्माण योजनाको प्रारम्भिक चरणको काम शुुरु भएको छ ।

Gunasthariya Shiksya

रु. ४० लाख बजेट बिनियोजन भएको बेनी खुल्ला मञ्च खेलमैदान स्तरोन्नति योजनाको रु. २७ लाख ३० हजार सात सय २९ मा ठेक्का सम्झौता गरेको न्यू बानिया निर्माण सेवा र रु. २० लाख बजेट बिनियोजन भई रु. १५ लाख ४३ हजार नौ सय ६७ मा बानिया निर्माण सेवाले ठेक्का लिएको गुरुङकोट देखि सिमधारा –पैयारुख सडक स्तरोन्नति योजना शुरु भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

सोमरस निर्माण सेवाले ठेक्का लिएको बेनी नगरपालिका –६ र १० को वडा कार्यालय भवन निर्माण सम्बन्धी छुट्टाछुट्टै योजना पनि निर्माण शुरु भएको छ । रु. १५ लाख बजेट बिनियोजन भएको ६ नम्बर वडाको भवन बनाउन रु. १३ लाख ८२ हजार दुई सय २४ र रु. १२ लाख बजेटको १० नम्बर वडाको सभाहल बनाउन रु. १० लाख ९४ हजार आठ सय ४८ मा ठेक्का सम्झौता भएको छ ।

रु. ४० लाख बजेट बिनियोजन भएको बालम–थामडाडा–बास्कुना सिचाई र रु. २४ लाख बजेट बिनियोजन भएको डडुवा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण सम्बन्धी योजना ठेक्का सम्झौताको चरणमा रहेका नगरपालिकाका सूचना अधिकारी समेत रहेका प्रशासकीय अधिकृत युवराज थापाले बताउनुभयो ।

१० वटा वडा रहेका बेनी नगरपालिकाले बजेट विनियोजन गरेका वडा स्तरीय तीन सय ४६ वटा योजना मध्य फागुन मसान्त सम्म दुई सय ४२ वटा सम्झौता भएकोमा एक सय पाँच वटा सम्पन्न भएका छन् ।

एक सय चार वटा योजना सम्झौताको चरणमा रहेका छन् । बर्खा शुरु नहुँदै नगर स्तरीय गौरवका र वडा स्तरीय सबै योजना सम्पन्न गर्ने लक्ष्य सहित उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई परिचालन गरिएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाले पूर्वाधार आयोजनाहरूका लागि यस वर्ष रु. १२ करोड ९२ लाख ४२ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्षको आठ महिनाको अवधीमा रु. एक करोड ९० लाख ८७ हजार अथवा १४ दशमलब ७७ प्रतिशत खर्च गरेको छ ।

पाँच लाख सम्म बजेटका योजनाहरू वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन र प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । ‘कोर कटिङ’ बिधीबाट उपकरणको सहायतामा ढलान र कालोपत्र भएको सडकको गुुणस्तर परिक्षण गरिएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...