समाचारको विधा

स्थानीय

आगोलागीबाट घर जलेर नष्ट

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । ताकमका बाबुराम खत्रीको ढुंगा, माटो, काठले बनेको जस्तापाटाले छाएको घर गएराती आगोलागी हुँदा जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा भएको अन्नपात, कपडा,…

धवलागिरीले बनायो लोगो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रतिक चिन्ह (आफ्नै लोगो) सार्वजनिक गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध धवलागिरीकोे मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको लोगोमा गाउँपालिकाको साँस्कृतिक, ऐतिहासिक,…

रघुगंगामा ४८ करोड ५० लाखको बजेट पारित

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि साढे ४८ करोड बढीको बजेट पारित गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १७ औँ गाउँसभाले रु ४८ करोड ५० लाख ९५ हजार बराबरको बजेट पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष…

चन्द्रप्रकाश बानियालाई सुर्यनारायण पुरस्कार

बेनी, मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियालाई सोमबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा बानियालाई प्राध्यापक डा. कर्णबहादुर बानिया र संस्थाका…

मध्यकालीगण्डकीको वित्तीय व्यवस्थापन

बेनी,। म्याग्दीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट…

अन्नपूर्णको ५३ करोडको बजेट सार्वजनिक

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो…

मंगलाको ४९ करोडको बजेट पारित

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ४९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुुक्रबार भएको १८ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले चालुतर्फ रु. २९ करोड ५४ लाख ३१ हजार ८००…

मालिकाको बजेट ४७ करोड ७४ लाख

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिका केन्द्र दरबाङमा शुक्रबार सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले…

धवलागिरीमा रु. ४३ करोड २७ लाख बजेट पारित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३…

बेनीको ७२ करोड ७८ लाखको बजेट पारित

बेनी, । बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार स् स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित…