बाबियाचौरको संग्रहालय राख्नका लागि सामग्री संकलन थालियो

Shreekrishna hardware

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा संग्राहलय स्थापना भएको छ ।

बाबियाचौरमा रहेको मंग्रला इन्द्रेणी पार्क परिसरका भवनमा संग्राहलय स्थापना भएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन प्रर्वद्धन गर्न संग्राहलय स्थापना गरिएको जनाएको छ ।

मंगलाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले २ तले भवनको माथिल्लो तलामा सजावट गरेर तयार पारिएको संग्राहलयमा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जिबनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्रीहरु संकलन गर्न थालिएको जानकारी दिनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना


“गत आर्थिक वर्षमा बिनियोजन भएको रु. १० लाख खर्चेर संग्राहलयका बनाइएको कोठामा सजावट र सामान राख्ने ठाउँ बनाएका छौ,” उहाँले भन्नुभयो “संग्राहलयमा राख्नका लागि परम्परागत सामग्री, पोशाक, हात हतियार, भाडाँ, गहना, पुस्तक, धातुका सिक्का लगायतका सामग्री संकलन गर्न थालिएको हो ।”

बाबियाचौर घर भई हाल काठमाडौ बस्दै आएका ईन्द्रबहादुर अधिकारीले उपलब्ध गराएको ४ रोपनी, गाउँपालिका र मंगला युवा क्लवले खरिद गरेको १० आना जग्गामा सार्वजनिक शौचालय, सामुदायिक भवन सहितको उद्यान निर्माण भएको थियो ।

बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर उद्यान बनाउन गाउँपालिका, गण्डकी प्रदेश र समुदायको रु. १ करोडभन्दा बढी लगानी भएको छ । विभिन्न प्रजातिका बिरुवा रोपिएको, दुबो बिछ्याइएको, बालबालिका खेल्ने र जेष्ठ नागरिक बस्ने सुविधा भएको उद्यान परिसरमा संग्रहालय भवन रहेको छ ।

खानेपानी, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार रहेको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरूको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरूको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

उद्यानको हेरचाह र व्यवस्थापनका लागि गाउँपालिकाले एक जना कर्मचारी नियुक्त गरेको छ । दबाबियाचौर बजारको बायाँ किनारमा म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र बृद्धबृद्धाहरुलाई टहलिन सजिलो भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...