सिरुबारीमा पहिरो सहित खसेको ठुलो ढुङ्गाले बेनी–जोमसोम सडक अवरुद्ध

Gandaki Ghumau

बेनी, सडकको बिचमा पहिरो सहित खसेको ठुलो ढुङ्गाले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानै देखि अवरुद्ध बनेको छ ।

रघुगंगा गाउँपालिका–२ सिरुबारीमा शुक्रबार बिहान खसेको पहिरो र ठूलो ढुङ्गा सडकको बिच भागमा थुप्रिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सवईञ्जिनियर सोहनजंग कार्कीले सडकको बिच भागमा रहेको ठूलो ढुङ्गा फुटाउन ब्रेकर सहितको डोजर परिचालन गर्न लागिएको बताए ।

Gunasthariya Shiksya

‘लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौ,’ उनले भने ‘सडक माथिको पहिरोमा रहेको ढुंगा रातको समयमा खसेर क्षतिको जोखिम टरेपनि फुटाउन समय लाग्ने भएकाले शुक्रबार तत्काल यातायात सञ्चालन गर्न चुनौति छ ।’

Shreekrishna

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण ब्यवसायी, सडक विभागका उपकरण, प्राबिधिक र मजदुरहरु पहिरो र ढुङ्गा पन्छाउन परिचालन भएका छन् । करिब ५०० मिटर माथिदेखिको जमिन बगेर सिर्जना भएको सिरुबारीको पहिरो स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको नयाँ चुनौति बनेको छ ।

७४ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै तिर्थयात्री र पर्यटकहरुलाई समस्या भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...