गलेश्वरमा भक्तजनको भिड

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

बेनी बजार लगायत म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायत ठाउँबाट भक्तजनहरु साउन महिनाको सोमबारको अवसर पारेर पुजाआजाका लागि आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Shreekrishna

“बिहानै देखि भक्तजनहरु आउने जाने क्रम निरन्तर चलिहरेको छ,” उहाँले भन्नुभयो “प्रहरी, कोषका पदाधीकारी, नगर प्रहरी, लायन्स क्लव, युवा क्लव, आमा समुह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले सहज रुपमा पुजाआजा गर्ने ब्यवस्था मिलाएका छौ ।”

Gunasthariya Shiksya

पानी नपरेको, आकाश खुलेको, बर्खेबाली लगाउने काम सकिएकाले दोस्रो सोमबार गलेश्वरमा टाढाटाढाबाट समेत भक्तजनहरु आएका छन् । गत हप्ता २० हजार भक्तजनले पुजाआजा गरेको अनुमान गरेको कोषले यसपाली बढ्ने जनाएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथी रहेको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, महाशिवरात्री र बालाचर्तुदर्शी पर्वमा बिशेष पुजाआजा हुने गर्दछ ।

हिन्दु धर्मावलम्बीहरुका देवता शिवको प्रिय साउन महिनाको सोमबार ब्रत बसेर शिवालयहरुको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने, सौभाग्य, पारिवारिक सुख मिल्ने जनविश्वास रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...