समाचारको विधा

बेनी न.पा.

कसरी फैलिको म्याग्दीको ग्रामिण क्षेत्रमा कोरोना संक्रमण ? हटस्पटक पुग्दा जे देखियो

बेनी । बेनी नगरपालिकाको वडा न. ४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना (भाइरस) संक्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुना मार्फत भित्रिएको कोरोना भोज भतेर र जमघटबाट टोल बस्ती हुदै नागरिकका घरसम्म पुगेको छ ।

म्याग्दी कांग्रेसद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ सञ्चालन

बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरेको । तिब्र गतिमा फैलिएको संक्रमणले

बेनी अस्पताललाई औजार र स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई आइतबार विभिन्न व्यक्तिहरुले औजार, उपकरण र स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कालीपुलका ब्यवसायी तप्त र धनदेवी भण्डारीले रु. दुई लाख मूल्य बराबरको अक्सी कन्सन्ट्रेट, थर्ममिटर,

मेयर श्रेष्ठद्धारा बिरामी बोक्नका लागि निजी गाडी नगरपालिकालाई प्रदान

बेनी । कोरोना संक्रमितको यातायात सुबिधाका लागि बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले दुई वटा निजी गाडी उपलब्ध गराउनुभएको छ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस

प्रहरीले बेनीमा अक्सिजन सिलिण्डर संकलन गरेर अस्पताललाई बुझायो

बेनी । म्याग्दीमा कोरोना (भाइरस)का संक्रमितको उपचारमा अभाव देखिएको अक्सिजन सिलिण्डर संकलन गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ ।

प्रवासी काउलेगौडाबासीद्धारा स्वास्थ्य सुरक्षा सामग्री

बेनी । प्रवासमा पुगेका बेनी नगरपालिका–९ काउलेगौडाबासीहरुले जन्मथलोमा रहेकाहरुलाई कोरोना भाइरसको महामारीबाट जोगाउन स्वास्थ्य सुरक्षाका सामग्री पठाएका छन् । १५८ घरधुरीलाई प्रतिघर ५० पिस मास्क, एक वटा साबुन उपलब्ध गराएका प्रवासीहरुले

बेनीका जनप्रतिनिधीको आधा महिनाको सुबिधा कोरोना नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले आधा महिनाको तलब कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने उपकरण खरिद गर्न उपलब्ध गराउने भएका छन् । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको क्युआरटी (द्रुत प्रतिकार्य टोली)को

ट्याक्टरबाट हाम फाल्दा भिरबाट लडेर मृत्यु

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा ट्याक्टरबाट हाम फाल्दा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बेनी देखि पुलाचौरतर्फ जादै गरेको लु ४ त ६४०४ नम्बरको ट्याक्टरबाट हाम फाल्ने क्रममा भिरबाट लडेर पुरुण्डीका ३८ वर्षीय

पिचले चम्कियो कालीपुलको सडक

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुल स्थित सडक कालोपत्रे भएको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे भएपछि कालीपुलमा धुलो र हिलोको समस्या हट्ने आशा गरिएको छ ।

कालीपुलमा चहलपहल बढाउने प्रयास

बेनी । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका । जिल्लाको उत्तरी क्षेत्र र मुस्ताङका ब्यापारिहरुको केन्द्र । बास बस्ने पाहुनाहरुको उस्तै घुइचो । करिब बीस बर्षअघिसम्म चहलपहल हुने बेनीको पुरानो बस्ति कालीपुल पहिले भन्दा सुनसान छ । ओझेलमा