म्याग्दीको घोस्केखोर र डाडाखोतमा पहिरोबाट ११ घरमा क्षति, तल्लो डडुवामा एक घर भत्कियो, कालीपुलमा बाढीले ग्यारेज डुबायो

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको घोस्केखोरमा मंगलबार पहिरोबाट आठ घरपरिवार बिस्थापित भएका छन् ।

केही दिनदेखिको निरन्तरको बर्खाका कारण खसेको पहिरोको जोखिममा रहेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ ।

शिखका शिक्षक खेम पुनले बस्ती माथिबाट खसेको पहिरोले स्थानीय घर गोठका साथै खेतीयोग्य जमिनमा पनि क्षति पुगेको बताउनुभयो ।

Shreekrishna hardwear in news

रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टिकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घर जोखिममा परेको हो ।

घरभित्र पहिरो पस्ने, आगन भत्किने, गोठ पुरिएको छ । छिमेकी गाउँका बासिन्दाहरुले सामान सार्न सहयोग गरेका थिए । थप पहिरो जान नदिन भत्किएको ठाउँमा त्रिपालले छोपिएको छ ।

यसैगरी बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देबेन्द्र पौडेलको ग्यारेज डुबाएको छ । बेनी नगरपालिका–४ डाडाखेतमा तीन वटा घर पहिरोको उच्च जोखिममा परेका छन् । घरको मुनी र माथि दुबै तर्फको पहिरोले लोकेन्द्र खत्रीका परिवार बिस्थापित भएका छन् । खेमराज पौडेल र सानु किसानको घर पनि उच्च जोखिममा परेको छ ।

Bhautik ministry notice about road

मंगला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुंगा, माटो र काठले बनेको दुई तले घर पहिरोले भत्किएको छ । घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीय नेत्रराज सुबेदीले जानकारी दिनुभयो ।

मंगला युवा क्लव तल्लो डडुवा र परिवर्तनशिल आमा समुहको टोलीले घरभित्र रहेका सामान सार्न सहयोग गर्नुभएको थियो । घर तल खनिएको सडकका कारण जमिन लच्किएर पहिरो गएको हो । पहिरो रोक्न दुई थान जाली भरिएको थियो । पालिकाले दिएको त्रिपालले पहिरो छोप्न नपाउँदै पिढी भत्किएको हो ।

यसैगरी बर्खासँगै जामुनाखर्कको पाखोबाट बेनीको अस्पताल चोकमा बाढी आएको छ । बाढीले बसपार्क र अस्पचालचोकलाई हिलाम्मे बनाएको छ । अस्पताल चोक हुदै जामुनाखर्क जोड्ने सडक निर्माण भएपछि त्यहाँ पछिल्लो तीन वर्षयता बाढी आएर क्षति पुराएको छ ।

निरन्तरको बर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी, म्याग्दी र राहुघाट लगायत नदीहरुमा बाढीको सतह बढेको छ । नदीको बाढीले खतराको तह नाघेको छ । तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

शिखको स्वाँतखोलामा रहेको मोटरेबल पुलसम्म पुग्ने बाटो पहिरोले बगाएको छ । घारखोलामा राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत निर्माणाधिन पुलको पनि निर्माण सामग्री बगाएको छ । पखेर स्थित म्याग्दी नदीमाथि निर्माणाधिन अर्को मोटरेबल पुल ढलानमा प्रयोग भएका सामान समेत बगाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...