बेनी बचतको छुट प्याकेज

Sinchai Khanipani notice


बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ ।

यही असार मसान्त सम्ममा भाका नाघेका ऋणीहरुलाई कर्जाको साँवा र ब्याज बुझाउन आउने सेयर सदस्यहरुलाई ब्याज हर्जनामा २५ प्रतिशत छुट दिने ब्यवस्था मिलाएको हो ।

कोरोना महामारीले संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज बुझाउन नसकी भाका नाघेका ऋणीहरुलाई लक्षित गरेर छुट सुबिधा दिएको संस्थाले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कोरोनाका कारण ऋण लिएर ब्यापार, ब्यवसाय र अन्य गतिबिधिमा लगानी गरेका सेयर सदस्यहरुको आयस्रोत प्रभावित भएकाले सामाजिक उत्तरदायित्व अन्तरगत हर्जनामा छुट दिइएको हो ।

वि.स २०५७ मा स्थापना भएको सहकारीले २०७७ चैत देखि असार महिनासम्म लकडाउन भएको अवधिको ब्याज वापत सात लाख रुपैयाँ भन्दा बढी छुट दिएको थियो ।

लकडाउन अवधिको ब्याज छुट दिने संस्थाको निर्णय अनुसार २२० जना सदस्यहरुले सात लाख २५ हजार रुपैयाँ बराबरको छुट सुबिधा पाएका थिए ।

यसैगरी सबै सेयर सदस्यहरुलाई एक लाख रुपैयाँ बराबरको कोरोना बिमा समेत गरिएकोे थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...