समाचारको विधा

मुख्य खबर

आनन्दबगरमा कालीगण्डकीको अबैध दोहन र बालुवा चोरीमा संलग्न समूहद्धारा प्रहरीमाथी हातपात

बेनी । बेनी नगरपालिका–१ आनन्दबगरमा कालीगण्डकी नदीमा बालुवाको अबैध उत्खनन् र चोरीमा संलग्नहरुले प्रहरीमाथी हातपात गरेका छन् । अबैध नदी दोहनमा प्रयोग भएको स्काभेटर नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्ने तीन जनालाई पक्राउ

बेगखोलामा जोखिम र सास्ती कहिलेसम्म ?

बेनी । भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो । बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला

बेनीमा एमालेको अगुवा कार्यकर्ता भेला

पार्टी फुटाएर जानेको भबिष्य छैन ः एमाले नेताद्धय गुरुङ बेनी । नेकपा एमाले म्याग्दीले शुक्रबार बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय कमिटीका सचिब पृथ्बीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

पर्बतमा पहिरोले अवरुद्ध सडक खुल्यो

बेनी । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक आठ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ । गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा

धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् । दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित

म्याग्दीका तीन जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजवादीमा सनाखत गरे

नयाँ पार्टीमा जानबाट रोक्ने एमालेका नेताहरुको अन्तिम प्रयास बिफल बेनी । म्याग्दीका तीन जना जनप्रतिनिधीले नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा सखानत गर्नुभएको छ । निर्बाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधिहरुलाई दिएको

बेनीका प्रमुख प्रशासकीय अधिकृत सुबेदीलाई निजामती सेवा पुरस्कार

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत छविलाल सुबेदीले निजामती सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । निजामती सेवा दिवस, २०७८ का अवसरमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुबेदी लगायत ३० जनालाई निजामती सेवा र १० जनालाई

बेनीको क्याम्पसचोकको शिरमा डरलाग्दो पहिरो (भिडियो सहित )

बेनी । बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र

बेनीमा तरकारी अभाव

बेनी । आयात ठप्प भएपछि म्याग्दीमा तरकारी, इन्धन र निर्माण सामग्रीको अभाव हुन थालेको छ । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतलाई प्रदेश राजधानी जोड्ने मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकको पर्वत खण्डमा पहिरोले शुक्रबार देखि अवरुद्ध बनेको