पुलाचौरको सामुहिक बलात्कारका आरोपी सार्वजनिक

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी बीस दिनपछि पक्राउ परेका छन् ।

कात्तिक २ गते परिवर्तित नाम ४७(९) लाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानियालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले २२ बर्षिय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामुहिक बलात्कार गरेको कात्तिक ४ गते पिडितले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान शुरु गरेका थियौ,” उहाँले भन्नुभयो “जिल्ला अदालत म्याग्दीमा सामुहिक बलात्कार सम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।”

Gunasthariya Shiksya

मुद्दा दर्ता नहुदै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टिका टिप्पणी, युटुयुवर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरु भागेपछि चुनौति देखिएपनि आधुनिक बिधी र प्रबिधीको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताउनुभयो ।

मुलुकी अपराध संहिता २०४७ को परिच्छिेद १८ को दफा २१९ बमोजिम अठार बर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्ठि भएमा सात देखि दश बर्षसम्म कैद सजाय हुने कानुनी ब्यवस्था छ । साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच बर्ष कैद सजाय हुने कानुन छ ।

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र बिषयान्तर गरेर फसाउन खोजिएको दावी गरेका छन् । प्रवेश र प्रकाश सहोदर दाजु भाईहुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् ।

हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दशै मनाउनका लागि अभिभावकसँग पुख्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...