यसपालीको तिहारमा म्याग्दीमा देउसी भैलोको रौनक देखिएन्

Gandaki Pardesh notice

बेनी, झिलीमिली उज्यालो, मखमली फुल र देउसीभैलोको संगितमय वातावरणले तिहार पर्बलाई उत्सबमय बनाउँछ । तिहारमा देउसी भैलो गित गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमता अनुसार दान दिने चलन छ ।

धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको थियो ।

तर पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारमा खेलिने देउसी भैलोको रौनक बिगतको जस्तो छैन् । गत बर्षको तिहारमा कोरोना (भाइरस)को महामारीले देउसीभैलो खेलिएन् । यसपाली कोरोना महामारीको त्रास घटेपनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको संख्या कम भएको हो ।

Shreekrishna hardwear in news

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कात्तिक १४ गते सूचना जारी गरेर मेला जात्रा, देउसी भैलो, खेलकुद जस्ता भिडभाड जन्य क्रियाकलाप गर्न रोक लगाएको थियो । बेनी बजारका हरिप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मेलाजात्रा र खेलकुद कार्यक्रम निर्बाध रुपमा चलेपनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलालाई प्रशासनले हस्तक्षेप गरेको गुनासो गर्नुभयो ।

प्रशासनले खुल्ला समाज र सांस्कृतिक उत्सबमाथिको हस्तक्षेप गरेको छ, । नागरिकलाई घरभित्र थुनेर ढुक्कसँग बिदा मनाउने सुरक्षा अधिकारी र प्रशासकहरुको दन्द्धकालको झल्को दिने गरि अपनाइएको शैली असान्दर्भिक र असफल भएको छ ।

Bhautik ministry notice about road

बेनी बजारमा एउटा द साइनीङ नृत्य समूहको मात्र देउसीभैलो छ । बिगतमा आठ देखि दश वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि बिगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताउनुभयो ।

“कोरोना भाइरसको महामारीका कारण गत बर्ष सुनसान जस्तै बनेको तिहारमा यहपाली केही चहलपहल बढेपनि दुई वर्षअघिको जस्तो रौनक छैन्,” उहाँले भन्नुभयो “अर्कोतर्फ तिहारमा खेलिने देउसी भैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।”

चर्को स्वरमा गित बजाउने र रेकर्ड गरिएको गितमा नृत्य देखाउने तथा आर्थिक संकलनको मात्र स्रोत बनाइदा देउसीभैलोको मौलिकता ओझेलमा परेको श्रेष्ठको गुनासो छ । सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास जस्ता उद्देश्य राखेर देउसी भैलो खेल्ने गर्छन् । तर तिनीहरुले आम्दानी खर्च बिबरण सार्वजनिक गरेको पाइदैन् ।

रेकर्ड गरिएका थाली, कौरा, सिरफुले, सालैजो जस्ता मौलीक गित तथा नृत्य पनि समावेश गरेर आर्थिक स्रोत जुटाउने माध्यम बनाएका छन् । सामाजिक परिवर्तनको प्रभाव देउसीभैलोमा पनि पर्नुलाई स्वाभाविक मानिएपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन नदिन सचेत बन्नुपर्ने बेनीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठको भनाई छ ।

“आधुनिकतालाई अनुशरणसँगै मौलीक बाजा र भाकाको संरक्षण गर्न सकेमा कला संस्कृतीको महत्व जिबित रहन्छ,” उहाँले भन्नुभयो “देउसीभैलोको नाममा जवरजस्ती पैसा माग्ने, पश्चिमा गित तथा नृत्य प्रस्तुत गर्ने र संकलित पैसाको दुरुपयोग गर्ने विकृति नियन्त्रणमा सबै पक्षले ध्यान दिनुपर्छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...