ताकमकोतमा ‘हाइप्रोफाइल’ भक्तजन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा हाइप्रोफाइल (उच्च पदमा रहेका) भक्तजन आउन थालेका छन् । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल सहितको टोलीले मंगलबार हेलिकप्टरबाट ताकमकोतमा पुगेर पुजाआजा गर्नुभएको छ ।

एयर डाइनेस्टिी र प्रभु एयरको दुई वटा हेलिकप्टरबाट खनाल सहित पाइलट अरुण मल्ल, प्रभुका पाइलट राधेश दंगाल, ब्यवसायी दिपक पहाडी, धारापानीका मोहन थापा, शिवाङ घर भई हाल अमेरिका बस्ने राजु पुन, मायादेवी पहाडी सहितको टोली ताकमकोतमा पुजाआजाका लागि आउनुभएको थियो ।

ताकमकोतको महिमा र महत्वको बारेमा जानकारी पाएकाले पुजाआजाका लागि हेलिकप्टर चार्टर गरेर आएको पुर्व प्रहरी महानिरिक्षक खनालले बताउनुभयो । उहाँहरुको तर्फबाट कोत मन्दिरलाई ३५ हजार, देउराली आमा समूहलाई खनालले दश हजार र माया पहाडीले दश हजार सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news

उहाँहरुलाई धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष तथा ताकमकोत मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कलानिधी शर्मा, वडा सदस्य देबबहादुर थापा, कोत मन्दिर पुननिर्माण समितिका अध्यक्ष तेजिन्द्र थापाले स्वागत गर्नुभएको थियो ।

Bhautik ministry notice about road

गाउँपालिका उपाध्यक्ष छन्त्याल र वडा अध्यक्ष शर्माले ताकमकोतको बिकासका लागि भएका गतिबिधी र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । दुई वर्षअघि पुननिर्माण भएको ताकमकोत मन्दिर परिसरमा घेराबार, प्रवेशद्धार र सार्वजनिक शौचालय निर्माण, रेलिङ सहितको पदमार्ग निर्माणलाई पुर्णता दिने योजना रहेको बताउनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघको धवलागिरी बजार इकाई समितिका अध्यक्ष तेजिन्द्र थापाले सहजिकरण गर्नुभएको कार्यक्रममा देउराली आमा समूहका प्रतिनिधिहरुले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

१६ औँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ । विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।


म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्र«े हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...