म्याग्दीका सडकमा पुल, कतै फालाफाल, कतै बेहाल

Shreekrishna hardware

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोग बिहिन भएका छन् ।

अर्कोतर्फ सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिम र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवत जावत प्रभाबित बनेको छ । स्थायी पक्कि पुल निर्माण भएपछि अस्थाई रुपमा सवारी साधन आवत जावत गराउन बनाइएको बेलिब्रिजहरु प्रयोगबिहिन बनेका हुन् ।

दुई वटा बेलिब्रिज प्रयोग बिहिन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई वटा बेलिब्रिज पनि बिस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्कि पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोग बिहिन बनेका बताउनुभयो ।

Shreekrishna

“अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा पर्ने पाखेरेबगर स्थित कालीगण्डकी र बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वर स्थित राहुघाट नदीमा पनि पक्कि पुल निर्माणको अन्तिम चरणमा छ,” उहाँले भन्नुभयो “लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भएपनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।”

बि.स. २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दुरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा पक्कि पुल निर्माण नहुँदा सम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगंगा गाउँपालिका–१ बेगखोलाको बेलिब्रिज बाढीले बढाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेगखोला, रुप्सेखोला लगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउँदा बेनी–जोमसोम सडकमा सिधा आवत जावत प्रभाबित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भएपनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

बेगखोलामा बाढी पन्छाउदै स्काभेटर । तस्बिर धौलागिरी खबर

सोमबार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठौ जिल्ला सभाले प्रयोग बिहिन बेलिब्रिज स्थानान्तरणका बिषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनौट गरेर सिफारिस गर्ने जिसस प्रमुख देबेन्द्रबहादुर केसीले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत निर्माणाधिन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र बनेका छन् । आयोजनाका इञ्जिनियर आश्वीनीकुमार यादबले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताउनुभयो ।

“४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरि बाढीले बगाएपछि स्पाम (लम्बाई) बढाउन लागिएको छ,” उहाँले भन्नुभयो “भूगोल र प्राकृतिक बिपद्का कारण डिजाइन संसोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...