म्याग्दीमा जनगणनाका लागि १८२ गणक खटाइयो

Gandaki Pardesh notice

बेनी । ‘राष्ट्रिय जनगणना २०७८’ को लागि हिमाली जिल्ला म्याग्दीमा १८२ जना गणक खटिने भएका छन् ।

जिल्ला जनगणना कार्यालय म्याग्दीले १८२ जना गणक जनगणनामा परिचालन गरिएको जनाएको छ । जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले तालिम पाइसकेका गणकहरुलाई मुख्य प्रश्नावली दिएर कार्यक्षेत्रमा पठाइसकेको जानकारी दिनुभयो ।

“यसअघि ४७ जना सुपरभाइजरले सुचिकरण गरेका करिब २९ हजार घरमा पुगेर गणकहरुले पारिवारिक तथा ब्यक्तिगत बिबरण संकलन गर्दैछन्,” उहाँले भन्नुभयो “प्रहरी, सेना, शसस्त्र प्रहरी र जलबिद्युत आयोजना जस्ता संस्थागत परिवारमा ब्यक्तिगत बिबरण मात्र संकलन हुनेछ् ।”

Shreekrishna hardwear in news

सुपरिवेक्षकहरुले मुख्य गणनाको समयमा दैनिक रुपमा कुन गणकले कति घर परिवारको बिबरण संकलन गरे भन्ने बिबरण अद्यावधिक गर्नेछन् । वडा कार्यालयमा बसेर सुपरिबेक्षकहरुले वडा अध्यक्ष र सचिबलाई उत्तरदाता बनाएर सामुदायिक प्रश्नावली भर्ने भएका छन् ।

Bhautik ministry notice about road

एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन् । कात्तिक १३ देखि १६ गतेसम्म बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका गणक र मंगला, मालिका र धवलागिरी गाउँपालिकाका गणकहरुलाई दरबाङमा तालिम सञ्चालन गरिएको थियो ।

सुपरिवेक्षकहरुले घरधुरी सर्वेक्षणका क्रममा मानिस बसेका र खाली घरको बिबरण संकलन गरिसकेका छन् । मुख्य जनगणनाका क्रममा प्राकृतिक प्रकोपको जोखिम, सडक, खानेपानी, बिद्युत लगायत सुबिधाको उपलब्धता, बैंक, बित्तीय संस्था, सहकारी र अस्पतालको सुबिधाको अवस्थाको बारेमा पनि बिबरण लिइने भएको छ ।

देशैभरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म संघीयतापछि पहिलो पटक जनगणना हुन लागेको हो । गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्नेछ । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीमा एक लाख १३ हजार जनसंख्या छ ।

जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा चार वटा संयन्त्र बनाइएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा जनगणना सम्बन्धी गतिबिधि सञ्चालन गर्न दरवाङमा पनि कार्यलय स्थापना गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...