सामुहिक बलात्कारमा संलग्न पक्राउ

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना पक्राउ परेका छन् ।

म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जिल्ला बाहिरका फरक फरक ठाउँबाट पक्राउ परेकाहरुलाई म्याग्दी ल्याउदै गरिएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तिन जनाले डरधम्की देखाएर बलात्कार गरेको पिडितको जाहेरीमा उल्लेख छ ।

Shreekrishna hardwear in news

पक्राउ परेकाहरुलाई बेनी ल्याएपछि अदालती प्रक्रिया पुरा गरेर सार्वजनिक गरिने प्रनाउ राइले बताउनुभयो । जाहेरी परेपछि आरोपी स्थानीय तीन जना युवा फरार भएका थिए । जाहेरीका आधारमा पिडितको स्वास्थ्य परिक्षण गरि अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

घटनालाई संबेदनशिल र गम्भिर रुपमा लिएर प्रहरीले अनुसन्धान तथा फरारको खोजीमा टोली परिचालन गरेको थियो । अनुसन्धान प्रभावित हुने भएकाले सामुहिक बलात्कारमा संलग्नको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । पिडित र प्रत्यक्षदर्शीलाई बेनी स्थित अल्पकालिन सेवा केन्द्रमा राखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...