बेनी सामुदायिकले स्कुल बस चलाउने

बेनी, । बेनी सामुदायिक विद्यालयले बस सेवा सञ्चालन गर्ने भएको छ । बेनी सामुदायिक बस सेवा सञ्चालन गर्ने म्याग्दीको पहिलो सामुदायिक विद्यालय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, बेनी नगरपालिका र विद्यालयको लागत

म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था

रास्वपाको भिजन नभएको एमाले नेता बस्नेतको भनाई

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको शनिबार बेनीमा दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण

वाईसिएल मंगलाको अध्यक्षमा कमल बुढाथोकी

बेनी, । नेकपा (माओवादी) केन्द्रको युवा संगठन वाइसिएल मंगला गाउँपालिका कमिटिको दोस्रो सम्मेलन शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । सम्मेलनबाट कमल बुढाथोकीको अध्यक्षतामा ३५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्षमा

रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत किसान, दिले बहादुर किसान, रोशन

क्याम्पसचोकमा आयुर्वेद स्वास्थ्य शिविर

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयको आयोजनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्याम्पसचोकमा शुक्रबार भएको शिविरबाट १३० जनाले सेवा लिएका थिए । स्वास्थ्य परिक्षण गराएका अधिकांशमा मधुमेह र उच्च रक्तचापको

चार वर्षअघि सक्नुपर्ने अस्पताल भवनकाे काम बल्ल ७५ प्रतिशत

बेनी , बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले छ वर्षमा पनि पूर्णता पाउन सकेको छैन । चार वर्षअघि सकिनुपर्ने भवनको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल

मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजना निर्माण

बेनी, । म्याग्दीका मालिका गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷०८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजना निर्माण भएका छन् । कार्यक्रम मार्फत सात वटा वडामा सूचिकृत ८९ जना बेरोजगारहरुले औसत ८१ दिनका दरले कुल सात हजार २६४ दिन

जलजलामा सुधारिएको आरनका सामग्री वितरण

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले आरन व्यवसायीलाई औजार र सामग्री वितरण गरेको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार उपाध्यक्ष दिपक आचार्यले गत आर्थिक वर्षको लक्षित बर्ग कार्यक्रम अन्तरगत खरिद गरिएको उपकरण सात जना आरन

पश्चिम नेपालले सवा दुई करोड नाफा कमायो

तातोपानी, । म्याग्दीको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० मा सवा दुई करोड भन्दा बढी मुनाफा गरेको छ । देशभरका अधिकांश सहकारी संस्थाहरु संकटमा परेको अवस्थामा पश्चिम नेपालले भने सेयर सदस्यहरुको बिश्वास