वाईसिएल मंगलाको अध्यक्षमा कमल बुढाथोकी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेकपा (माओवादी) केन्द्रको युवा संगठन वाइसिएल मंगला गाउँपालिका कमिटिको दोस्रो सम्मेलन शनिबार बाबियाचौरमा सम्पन्न भएको छ ।

सम्मेलनबाट कमल बुढाथोकीको अध्यक्षतामा ३५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित गरेको हो । कमिटिको उपाध्यक्षमा बिस्सु डगामी र गणेश पुन, सचिवमा डिलबहादुर पुर्जा चयन हुनुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

निरमाया बिक कोषाध्यक्ष र सजिना बिक सहसचिवमा चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी, वाइसीएलका जिल्ला सचिव कृष्ण पौडेल, नेता किसान विक, नविन पौडेल, माओवादी केन्द्र मंगलाका सचिव पृथीलाल बिक लगायतको उपस्थितिमा सम्मेलन भएको थियो ।

Shreekrishna

म्याग्दीका छ वटै स्थानीय तहमा वाइसीएलको पालिका सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलन गर्ने तयारी अन्तिम चरणमा पुगेको वाईसीएल म्याग्दीका सचिव पौडेलले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...