मालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजना निर्माण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीका मालिका गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷०८० मा प्रधानमन्त्री रोजगार कार्यक्रमका १४ वटा योजना निर्माण भएका छन् ।

कार्यक्रम मार्फत सात वटा वडामा सूचिकृत ८९ जना बेरोजगारहरुले औसत ८१ दिनका दरले कुल सात हजार २६४ दिन बराबरको रोजगार पाएका गाउँपालिकाको रोजगार शाखाले जनाएको छ ।

रोजगार सहायक मिलन सुवेदी (शर्मा)ले एक वटा तटबन्धन, एक वटा ढल निकास र १२ वटा पदमार्गका योजनाहरु निर्माण भएका जानकारी दिनुभयो । सडक निर्माण सम्भव नभएका बस्तीमा ढुंगाको सिढी चिनेर पदमार्ग बनाएपछि स्थानीयबासीलाई हिडडुल गर्न सहज भएको छ ।

Shreekrishna hardwear in news

प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिकाले रु. दुई लाख ८९ हजार ४३४ सामग्री खरिदमा लागत साझेदारी गरेको छ । कुल रु. ५१ लाख ५५ हजार ४३६ खर्च भएको छ । शाखाले मलेसिया र कतारका जान लागेका दुई जनालाई श्रम स्विकृति प्रदान गरेको छ । नयाँ आर्थिक वर्ष २०८०÷८१ का लागि ९२९ जना बेरोजगार सुचिकृत भएका छन् ।

Bhautik ministry notice about road

यसैगरी मालिका गाउँपालिकाले गत आर्थिक वर्षमा बजेट बिनियोजन भएका सत प्रतिशत योजना कार्यान्वयन गरेको छ । १५२ वटा योजना सबै कार्यान्वयन भएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो ।

वित्तीय प्रगति ७१.६१ प्रतिशत भएको छ । रु. ५८ करोड १७ लाख ४४ हजारमध्ये रु. ४१ करोड ६५ लाख ५१ हजार अथवा (७१.६१) प्रतिशत खर्च भएको लेखापाल सागर पौडेलले जानकारी दिनुभयो ।

चालुतर्फ रु. ३३ करोड ६२ लाख ९६ हजार बजेट मध्येमा रु. २५ करोड ५७ लाख खर्च (७६.५३) भएको छ । पुँजीगततर्फ रहेको रु. २४ करोड ५४ लाख ५८ हजारमध्य रु. १६ करोड आठ लाख ३९ हजार (६५.५३ प्रतिशत) खर्च भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...