बेनी सामुदायिकले स्कुल बस चलाउने

Gandaki Pardesh notice

बेनी, । बेनी सामुदायिक विद्यालयले बस सेवा सञ्चालन गर्ने भएको छ ।

बेनी सामुदायिक बस सेवा सञ्चालन गर्ने म्याग्दीको पहिलो सामुदायिक विद्यालय बनेको छ । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, बेनी नगरपालिका र विद्यालयको लागत साझेदारीमा बस सेवा सञ्चालन गरेको हो ।

विद्यालयका प्रअ दिपक श्रेष्ठले सामाजिक विकास मन्त्रालयले रु. दश लाख र बेनी नगरपालिकाले रु. दश लाख पचास हजार सहयोग गरेको बस खरिद गर्न विद्यालयले आन्तरिक स्रोतबाट थप रु. सात लाख पचास हजार लगानी गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

“बस खरिद गरेर ल्याइसकेका छौ, गर्मीबिदा सकिएपछि साउन १७ गतेदेखि टाढाका विद्यार्थीलाई विद्यालय ल्याउन र घर लैजान बस सञ्चालन गर्ने तयारी गरेका छौ,” उहाँले भन्नुभयो “शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीको आकर्षण बढाउन बस सेवाले सहयोग गर्ने अपेक्षा गरेका छौ ।”

Bhautik ministry notice about road

समयमै विद्यालय आउन र घर जान समस्या भएका टाढाका विद्यार्थीलाई लक्षित गरेर बस सञ्चालन गर्न लागिएको हो । बस सञ्चालन भएपछि पढ्नका लागि डेरा लिएर बस्नुपर्ने बिद्यार्थीको समस्या घट्ने प्रअ श्रेष्ठले बताउनुभयो ।

बेनी नगरपालिका वडा नम्बर २ खबरा, दुधे खोला, ६ को डम्बरा, चुत्रेनी, बगुवाखोला,वडा नम्बर ९ को गलेश्वर र आवश्यक परेमा छिमेकी जिल्ला पर्वतको जलजला सम्म बस सेवा संचालन हुनेछ ।

सामुदायिक विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तरमा समेत सहयोग पु¥याउने विश्वास गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन बस खरिदका लागि बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि बस सेवाले टेवा पुग्ने नगर प्रमुख केसीले विश्वास गर्नुभयो । चालु आर्थिक वर्षमा पनि नगरभित्रका कुनै एक सामुदायिक विद्यालयलाई स्कुल बस खरिद गर्नका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

बालकक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एक हजार तीन सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले नेपालमै उत्कृष्ट भएर पुरस्कार समेत प्राप्त गरिसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...