क्याम्पसचोकमा आयुर्वेद स्वास्थ्य शिविर

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयको आयोजनामा निशूल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

क्याम्पसचोकमा शुक्रबार भएको शिविरबाट १३० जनाले सेवा लिएका थिए । स्वास्थ्य परिक्षण गराएका अधिकांशमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको वडा अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road

शिविरमा पेट सम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, बाथरोथ, जोर्नी दुखाई लगायत समस्याको परिक्षण र औषधी वितरण गरिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका दामोदर शर्मा नेतृत्वमा रहेका स्वास्थ्य कर्मीहरुले सेवा दिनुभएको थियो ।

Shreekrishna hardwear in news

शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी रहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि जेष्ठ नागरिकको घरघरमा स्वास्थ्य कर्मी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...