समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मालिकामा विपन्नको निशूल्क स्वास्थ्य बिमा

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य

पचास हजारको बक्तृत्वकलामा किसानी चन्द्रकुन्ताकी उर्मिला विजयी

बेनी, । रु. ५० हजार राशीको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा धवलागिरी गाउँपालिका–७, धारापानीको किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी बिजयी हुनुभएको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा

५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा

बेनी, प्रदेश अस्पताल बेनीको बेनीमा ५० शैया क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ठेक्काको म्याद सकिएको पाँच वर्ष छ महिना ढिला गरि भवन सम्पन्न हुने चरणमा पुगेको हो । अन्तिम पाँचौं पटक थपिएको म्याद यही चैत मसान्तमा सकिँदै छ ।

जलजलामा छातिरोग सम्बन्धी स्वास्थ्य शिविर हुने

बेनी । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा यही चैत २९ गते छातिरोग सम्बन्धी खोजपड्ताल शिविर सञ्चालन हुने भएको छ । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखराको सहयोग, प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वय र जलजला गाउँपालिकाको

मुस्ताङमा पहिलोपटक रगत ट्रान्सफुजन गरी सुत्केरीको ज्यान जोगाइयो

जोमसोम, । प्रादेशिक अस्पताल जोमसोमा रगत अभावमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी एक सुत्केरीको रक्तदान गरी ज्यान बचाइएको छ । घरमै सुत्केरी भएपछि अचेत अवस्थामा अस्पतालमा ल्याइएकी २३ बर्षिया महिलालाई अस्पतालको इतिहासमै पहिलोपटक दुई पिन्ट

भगवतिमा आँखा परिक्षण शिविरबाट ३३५ जना लाभान्वित

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा सोमबार सम्पन्न निःशूल्क आँखा परीक्षण शिविरबाट तीन सय ३५ जना लाभान्वित भएका छन् । तिलगङगा आँखा प्रतिष्ठानको समन्वयमा भएको शिविरमा ४६ जना मोतियाबिन्दु र ६० जनामा नजिकको दृष्टि कम देख्ने

शिख पूर्ण खोप वडा घोषणा

गणेश गुरुङ (सुरेन)शिख। म्याग्दीको अन्नपूर्ण गाउँपाकिला–५ शिखलाई शुक्रबार पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ । साविक शिख गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार

म्याग्दीका विद्यालयमा शैक्षिक सत्र अगावै पुस्तक पुर्याइने

बेनी, म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।

मुटुरोग परिक्षण तथा उपचार शिविरबाट एघार सय जना लाभान्वित

बेनी, ः बेनीमा बुधबार सम्पन्न निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट एक हजार एक सय जना लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका छ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र

डा. मल्ललाई म्याग्दी उद्योग वाणिज्य संघको सम्मान

बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका प्रमुख मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै