ताकममा निः शूल्क स्वास्थ्य शिविर, करिब एक हजार जनाले सेवा पाए

Gandaki Ghumau

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार बृहत निः शूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

युनाईटेड क्लव पोखराले धवलागिरी गाउँपालिकाको समन्वय र मेडि पल्स हस्पिटल एण्ड ट्रामा सेन्टरको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । शिविरमा नौ सय ४० जनाले सेवा लिएका धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो ।

तीन सय २५ जनाले भिडियो एक्सरे र चार सय जनाले इसिजी सेवा पाएका छन् । स्वास्थ्य परिक्षण, परामर्श र निःशूल्क औषधी वितरण सम्बन्धी सेवा प्रदान गरिएको थियो । ग्रामिण क्षेत्रका सर्वसाधारणले गाउँमै विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा सेवा पाएका छन् ।

Shreekrishna

नाक, कान घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सँग सम्बन्धी विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा भएको शिविरमा सुगर र प्रेसर पनि परिक्षण गरिएको थियो ।

Gunasthariya Shiksya

ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाडा, मच्छिम, मुना, फलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जाका बासिन्दाहरुले सेवा लिएका शिविरको संयोजन गर्नुभएका धारापानीका रिमप्रकाश थापाले बताउनुभयो ।

चिकित्सकहरु डा. सरोज पोखरेल, रोशन पंगेनी, आनन्द भट्टराई, नारायण ओझा, कल्याण बराल, अञ्जु आचार्य, रेखा गाहा, उज्वल शाह, प्रदिप सिग्देल, रेशम राना, उज्वल भणडरी, सुमित शाह, सदिक्षा गुरुङ, आर्या भण्डारी, निज्ञा श्रेष्ठ, विनिता रानाभाटको टोलीले सेवा दिनुभएको थियो ।

ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले पनि सेवा दिनुभएको थियो । स्वास्थ्य चौकी, आमा समूह, धवलागिरी जनयुवा क्लव र ताकम माविले पनि शिविर सञ्चालनमा सहयोग गरेका थिए । पोखराको नरहरी पोलिक्लिनिकले औषधीको ब्यवस्थापन गरेको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवास, खाना र खाजाको ब्यवस्था धवलागिरी गाउँपालिकाले गरेको हो ।

शिविरको धवलागिरी गाँउपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल लगायत गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको पनि शिविरमा उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...