जामुनाखर्कका विद्यार्थीलाई सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा आधारभूत सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र जामुनाखर्क माविको आयोजनामा ‘हामी सक्छौं, हार्मी गर्छौं’ कार्यक्रम अन्तर्गत आइतबारदेखि तालिम शुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै जामुनाखर्क माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद सुवेदीले निःशुल्क रुपमा विद्यालयमा सञ्चालित तालिमलाई भरपुर सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरेर सञ्चालन भएको तालिममा सिप सिकेर दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले बेनी नगरपालिकाले विगत तीन वर्षदेखि ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको बताउँदै विद्यार्थीहरुले विद्यालय तहको अध्ययन सकेर विद्यालय छोड्दै गर्दा एउटा भए पनि सिप सिकुन् भनेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उहाँले यसअघि दुईवर्ष विद्यालयमा प्लम्बिङ र वाईरिङ सम्बन्धी विषयक तालिम सञ्चालन गरिसकिएको बताउँदै यसवर्ष सौन्दर्यकला सम्बन्धीको कक्षा आयोजना गरिएको बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्कीले निःशुल्क रुपमा सञ्चालित तालिमको विद्यार्थीहरुले भरपुर रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

थापाले जुनसुकै पनि सिपहरु सिकेपछि आत्मनिर्भर बन्न सकिने बताउँदै विदेश जाने क्रममा समेत काम लाग्ने बताउनुभयो । विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिप्रसाद शर्माको विशेष उपस्थिति रहेको कार्यक्रम विव्यस अध्यक्ष सुवेदीको अध्यक्षता र विद्यालयका शिक्षक टेकबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षकहरु तथा विद्यार्थीको उपस्थिति रहेको थियो । १५ जना सहभागी सौन्दर्यकलाको तालिम एक महिनासम्म सञ्चालन हुुने जनाइएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...