समाचारको विधा

मुख्य खबर

रुमबाट चरेस बनाउने औजार बरामद

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट चरेस बनाउने औजार बरामद भएको छ । बेनी नगरपालिका–८ कालीपुलबाट फागुन ४ गते चार किलोग्राम ४६ ग्राम चरेस सहित पक्राउ परेका मालिका–२ रुमका ३४ वर्षीय तिलक बि.क.लाई अनुसन्धान गर्ने क्रममा मेसिन

राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ ब्रेक थ्रु

सन्तोष गौतमबेनी ः नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ ।

गौवोम वस्त माविको सुविधा सम्पन्न कक्षा कोठा भवन निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङमा रहेको गौ बोम बस्त माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । ग्रामिण क्षेत्रको विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएको खुसीयालीमा विद्यार्थी, शिक्षक र अभिभावकले नाचगान गरेका छन् । पाहार

‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी। मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए ।

शुशिल गर्बुजा हत्या मुद्दामा थुनछेक बहस शुरु

पाँच जना नावालकलाई र्पुपक्षका लागि सुधार गृह पठाउन अदालतको आदेशसन्तोष गौतम । बेनी, म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना अघि भएको हत्या घटनाका लागेका पाँच जना नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

म्याग्दी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने

पञ्चकोटमा फरक किसिमको बह्माडीय महायज्ञको तयारी पुरा

पञ्चकोट, बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा फागुन ९ गतेदेखि शुरु हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी पुरा भएको छ । १५ दिनसम्म विश्वकै ठुलो र फरक किसिमको महायज्ञ पहिलो पटक हुन लागेको आयोजकले दावी गरेका छन् । महायज्ञ मुल आयोजक

धवलागिरीको पालिका स्तरीय अस्पतालका ठेकेदार दुई वर्षपछि काममा फर्किए

ताकम । म्याग्दीको ताकममा निर्माणाधिन धवलागिरी गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण कार्य दुई वर्षपछि सुचारु भएको छ । वि.स. २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको जिम्मेवारी लिएका व्यवसायीले दुई वर्षपछि आइतबारदेखि अधुरो भवन

बेनी–दरवाङ–ढोरपाटन सडकलाई मध्य पहाडीको बैकल्पिक राजमार्ग बनाउन सांसद गर्बुजाको माग

बेनी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दी–बागलुङ –पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधी सभाको आइतबार बसेको बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गर्नुभएको

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद