बेनीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी। नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु

सडक मानव व्यवस्थापनमा सघाउने म्याग्दीका सरोकारवालाहरुको प्रतिवद्धता

बेनी । सडक मानव व्यवस्थापन, उद्दार र राहतका लागि म्याग्दीका सरोकारवालाहरुले ९ बुदे प्रतिवद्धतापत्र जारी गरेका छन् ।सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बाग्लुङले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमपछि मानवता

म्याग्दी कप आमन्त्रित जिल्ला लिग चैतमा

बेनी । बेनीमा आगामी चैत १ देखि १० गतेसम्म म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएका हुन्

म्याग्दीमा वार्षिक २५ लाख टन माटो बाढीसँगै बग्छ

बेनी, । म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक्टन भन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा जिल्लाबाट बर्षेनी २५ लाख १५

धवलागिरीको मरेनी र बुलमा आलु पकेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।व्यवसायिक आलु खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा

ताकममा रेडक्रसको भवन शिलन्यास

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार रेडक्रस सोसाइटीको उपशाखा भवन शिलन्यास गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले कार्यालय सञ्चालनका साथै सामुदायिक प्रयोजनका लागि बनाउन लागेको भवनको वडा अध्यक्ष अशोक खत्रीले

जलजलामा एमालेको ‘‘मिसन ग्रासरुट’’ अभियान शुरु

जलजला, । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान थालेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि सञ्चालित देशब्यापी अभियान अन्तरगत जलजलामा पनि बुधबारदेखि शुरु भएको हो । जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

बेनी, । छाडा कुकुर नियन्त्रण गर्न बुधबार बेनीमा शिविर आयोजना गरेर कुकुरको बन्ध्याकरण गरिएको छ ।छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न भेटेरिनरी अस्पतालमा आयोजना गरिएको शिविरमार्फत ९४ वटाको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी

लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एक जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ ।भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुर्जामा निशूल्क स्वास्थ्य शिविर

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार सम्पन्न निशूल्क स्वास्थ्य शिविरमा तीन सय जना भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै