जलजलामा एमालेको ‘‘मिसन ग्रासरुट’’ अभियान शुरु

khali

जलजला, । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान थालेको छ ।

पार्टी सुदृढीकरण तथा विस्तारका लागि सञ्चालित देशब्यापी अभियान अन्तरगत जलजलामा पनि बुधबारदेखि शुरु भएको हो । जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस्तारित वैठक तथा अभिमूखीकरण कार्यक्रम गरी अभियान सुरु गरिएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

दुइमहिना सम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानका लागि जलजलामा फोकल पर्सनका रुपमा केन्द्रिय सदस्य टसी स्याङ्मो गुरुङ, गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेल, भक्त कुँबर, जिल्ला कमिटीका उपसचिव विमल लामिछाने र सचिवालय सदस्य शेषराज रेग्मी खटिनु भएको पार्टीले जनाएको छ ।

Shreekrishna hardwear in news
khali

अभियानको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेलले पार्टीले सञ्चालन गरेको अभियानले संगठन विस्तार, सुदृढिकरण गर्दै आमजनता माझ स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुले एमालेलाई घेराबन्दी पार्न खोजेको भन्दै उहाँले जनताको साथ र सहयोगले एमाले विरुद्धको षडयन्त्रलाई परास्त गरिछाड्ने उद्घोष गर्नुभयो । जिल्ला उपसचिव लामिछाने र सचिवालय सदस्य रेग्मीले एमाले पार्टी जनतामा आधारित पार्टी भएकाले अभियानका क्रममा जनताको घरघर सम्म पुगेर पार्टीलाई बलियो र स्थापित गर्ने बताउनुभयो ।

वैठकले ९ वटा वडामा वडा कमिटीका वैठक, प्रशिक्षण, टोलसम्म पुगेर संगठन विस्तार गर्ने, सदस्यता वितरण, नविकरण, जनवर्गीय संगठनहरुको भेला तथा पार्टी सदस्यहरुबाट सुझाव संकलन समेत गर्ने कार्ययोजना तय गरिएको पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । बैठकमा पालिका कमिटि उपसचिव निलकण्ठ सुवेदीले स्वागत गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...