ताकममा रेडक्रसको भवन शिलन्यास

Gandaki Pardesh notice

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार रेडक्रस सोसाइटीको उपशाखा भवन शिलन्यास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाले कार्यालय सञ्चालनका साथै सामुदायिक प्रयोजनका लागि बनाउन लागेको भवनको वडा अध्यक्ष अशोक खत्रीले शिलन्यास गर्नुभएको हो ।
गत वर्ष रु. ७८ हजार खर्चेर भवन बनाउन जग्गा व्यवस्थापन गरिएको थियो । भवन शिलन्याससँगै डिजाइन तयार पारेर निर्माण अघि बढाउन आर्थिक स्रोतको खोजी गरिने उपशाखाका सभापति यामबहादुर केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...