म्याग्दीमा वार्षिक २५ लाख टन माटो बाढीसँगै बग्छ

Sinchai Khanipani notice

बेनी, । म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक्टन भन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ ।

म्याग्दी कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा जिल्लाबाट बर्षेनी २५ लाख १५ हजार ७ सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा वगेर गएको उल्लेख छ । खेतियोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ ।

कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताउनुभयो ।

Shreekrishna hardwear in news

“६१ प्रतिशत ६० डिग्री भन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, वाढी, पहिरो तथा नदीकटानले गर्दा बर्षेनी क्षति बढेको छ ,” उहाँले भन्नुभयो “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा वहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।”

अन्नपुर्ण गाउँपालिकाबाट आठ लाख ५५ हजार १७३ टन, रघुगंगा गाउँपालिकाबाट तीन लाख ५० हजार ४ सय ६८ दशमलव १० टन र वेनी न.पा.बाट ३१ हजार १ सय ३७ टन माटो बाढीले बगाउने गरेको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

अध्ययन प्रतिवेदनका अनुसार मंगला गाउँपालिबाट ३३ हजार ४६६ टन, मालिकाबाट एक लाख तीन हजार २३० टन, धवलागिरी गाउँपालिकाको आठ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षको दुई लाख ४५ हजार ८८६ टन माटो विभिन्न खोलानाला हुदै बगिरहेका छन् ।

दुई हजार २९७ दशमलब छ बर्गकिलोमिटर क्षेत्रफल ओगटेको म्याग्दीमा ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना छ । तीन प्रतिशत भू–भाग मात्र समथर छ । ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका कार्यालयले जनाएको छ ।

तीन वटा जलाधार क्षेत्र र ७ वटा उपजलाधार क्षेत्रमा विभाजन गरिएको म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको छ । म्याग्दी, कालीगण्डकी र रघुगंगाले क्रमश ः ५५, ३० र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको छ ।

वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले माथिल्लो तटिय क्षेत्रमा रहेको मुस्ताङ्गमा केही वर्षयता अत्याधिक वर्षात हुँदा त्यसको असर म्याग्दी, पर्वत, बागलुङ लगायत जिल्लाका कालीगण्डकीको तटीय बस्तीमा देखिएको बताउनुभयो ।

“जलाधारीय दृष्टिकोणले अतिनै क्षतिग्रस्त अवस्थामा रहेको मुस्ताङमा विगत केही बर्ष यता अत्यधिक पानी पर्न थालेको छ,” उहाँले भन्नुभयो “कालीगण्डकी नदीको सतह बढदै जानु र सो क्षेत्रको गेग्रानहरुको तल्लो तटिय क्षेत्रमा बढनु थप चिन्ताको विषय हो ।”

वाढी, पहिरो तथा नदीकटानजन्य समस्याहरुलाई सामाधान गर्न ग्रामिण सडक निर्माण गर्दा बायो–ईन्जिनियरिङ्ग प्रविधिमा अधारित सडकपाखो संरक्षण, अनियन्त्रित रुपमा वग्ने भलपानीको उचित व्यवस्थापनका लागि भल तर्काउने कुलेसो, जलाधार संरक्षण पोखरी निर्माण गर्नुका साथै जिल्लाभित्र रहेका ठाडो÷खहरेखोलाहरुको जलाधार क्षेत्रमा भएको भू–क्षयलाई नियन्त्रण गर्न अध्ययन प्रतिवेदनमा सुझाव दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...